२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

अ+ अ-

चितवन । डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ ।

कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुनसक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो ।

विगत दुई महिनादेखि भरतपुर महानगरपालिका–१५ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको झाडीमा चितुवा देखिएपछि नियन्त्रणको काम सुरु गरिएको हो । दिनको समयमा नदेखिने रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले जानकारी दिए । अहिले चितुवा नियन्त्रणका लागि दिउँसोमा थर्मल ड्रोन (वन्यजन्तुको तापक्रम पहिचान गर्न सक्ने), पाँच स्थानमा सिसी क्यामेरा जडान, तीन स्थानमा खोर ट्यापिङ, तीन स्थानमा खुट्टा ट्यापिङ (खुट्टा अल्झाउन) का लागि काम गरिएको उनले जानकारी दिए ।

चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय चितवन र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली खटिएको उनले बताए । ती खोर ट्यापिङको काम चितुवालाई सहज हुने गरी राखिएको छ । अहिले सो क्षेत्रमा एउटा माउ र एउटा बच्चा चितुवा रहेको उनले जानकारी दिए । उनका अनुसार एउटा बच्चा चितुवा भरतपुर–१५ बाट नियन्त्रणमा लिइसकिएको छ । सो बच्चालाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगेर राखिएको छ । चितुवाको पाइलाका आधारमा खोरहरू स्थानान्तरण गरेर राख्ने गरिएको छ ।

सो कार्यमा लागेका डिभिजन वन कार्यालयका वन अधिकृत सुदीप हमालका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर परिसरको गाई अनुसन्धान कार्यक्रमको आवास क्षेत्रमा दुई पटक चितुवा देखिएको छ । सिसी क्यामेरामा एक साताअघि एउटा र आइतबार राति दुई वटा चितुवा देखा परेको उनले जानकारी दिए । सोपश्चात् सो क्षेत्रमा थर्मल ड्रोनको प्रयोग गरिएको भए पनि चितुवा भेट्न सकिएको छैन । उनका अनुसार सो ठाउँमा खोर र खुट्टा ट्यापिङ पनि राखिएको छ । यस्तै वन क्याम्पस नजिक एउटा र भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा एउटा खोर राखिएको छ । विभिन्न ठाउँमा क्यामेरासमेत राखिएको उनले बताए । चितुवाको आवतजावत भएको क्षेत्रमा क्यामेरा राखिएको छ ।

यस्तै भरतपुर–११ स्थित आँपटारीमा रहेको विद्युत् स्टेसन क्षेत्रमा बाघ देखिएको जनाउँदै कर्मचारीले गुनासो गरेपछि दुई वटा क्यामेरा जडान गरिएको छ । बाघले स्थानीयको बाख्रा खाएको जनाइएको छ । सो क्यामेरामार्फत अनुगमन भइरहेको अधिकृत हमालले जानकारी दिए । 

0 Comments