२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सीमा सम्बन्धी विषयमा व्यावसायिक कम्पनीभन्दा राज्यको नीति प्रतिष्ठान जबाफदेही हुनुपर्छ’ : मनिष झा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणका विषयमा व्यावसायिक अनुसन्धान संस्थाहरूभन्दा राज्यको नीति प्रतिष्ठान बढी जिम्मेवार र जबाफदेही हुनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सीमांकन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानका पाटो भएको स्पष्ट पारे ।

सांसद झाले सीमाका सम्बन्धमा विगतमा नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको अध्ययन र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनले औँल्याएका तथ्यहरूका बारेमा चर्चा गरे ।

ईपीजी प्रतिवेदनले ६४ स्थानमा भारतीय र ४४ स्थानमा नेपाली पक्षको चासो वा प्रभाव रहेको देखाएको उल्लेख गर्दै उनले सीमा क्षेत्रमा ‘क्रस होल्डिङ’ र ‘क्रस युटिलाइजेसन’ को जटिलता रहेको बताए ।

सांसद झाले ‘फ्याक्ट्स नेपाल’ जस्ता संस्थाहरू व्यावसायिक बजार अनुसन्धानमा केन्द्रित रहने उल्लेख गर्दै सीमा अतिक्रमण जस्ता गम्भीर विषयमा त्यस्ता संस्थालाई प्रश्न गर्नु सान्दर्भिक नहुने तर्क गरे ।

महोत्तरीको मटिहानी बजारको उदाहरण दिँदै उनले भने, ‘त्यहाँको यथार्थ हेर्ने हो भने कतिपयको घर एकातर्फ र शौचालय अर्कोतर्फ रहेको अवस्था छ । यस प्रकारको सीमा व्यवस्थापनको व्याख्या प्रधानमन्त्रीले संसदमा गरिसकेपछि परराष्ट्र मन्त्रालयले समेत स्पष्ट पारिसकेको छ । फ्याक्ट्स नेपालले बजारमा कुन वस्तुको खपत कति छ भन्ने जस्ता व्यावसायिक तथ्यांक संकलन गर्छ । सुस्ता अतिक्रमण जस्ता विषयमा व्याख्या गर्ने काम यसको होइन र हुनु पनि हुँदैन ।’

उनले सीमा विवाद र राष्ट्रिय नीतिसँग जोडिएका प्रश्नहरू राज्यकोषबाट सञ्चालित ‘नीति प्रतिष्ठान’ लाई सोध्नुपर्नेमा जोड दिए। उनले व्यावसायिक अनुसन्धान कम्पनी र राज्यको नीति निर्माण गर्ने थिंक ट्यांकको भूमिकालाई फरक–फरक रूपमा बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।

0 Comments