काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार पश्चात् आज स्वदेश फर्किएका छन् ।

देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।

गत भदौ २४ गते ‘जेन जेड आन्दोलन’का क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि धर्मपत्नी एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित सिंगापुर प्रस्थान गरेका थिए ।











