२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक प्रतिशोधभन्दा जनअपेक्षा सम्बोधनमा ध्यान दिन सरकारलाई देउवाको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर जनताको अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न आग्रह गरेका छन्।

सिंगापुरमा उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै वर्तमान सरकार ताजा जनमतबाट गठन भएकाले जनताको मत र परिवर्तनप्रतिको आकांक्षालाई सम्मान गर्नुपर्ने बताएका हुन्।

परिवर्तनको प्रक्रिया सहज नहुने उल्लेख गर्दै उनले त्यस क्रममा धैर्य, साहस र दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पछिल्लो समय नागरिकमा परिवर्तनको तीव्र चाहना देखिएकाले त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी सरकारको रहेको उनको भनाइ छ।

देउवाले राज्य सञ्चालनको मूल दायित्वबाट विचलित भएर सरकारले राजनीतिक आग्रह वा पूर्वाग्रहलाई प्राथमिकता दिए त्यसले सरकारसँगै समग्र मुलुकको हितमा असर पार्ने चेतावनी दिएका छन्। ताजा जनमतबाट सत्तामा पुगेको दलले जननिर्वाचित जनादेशको सम्मान गर्दै नागरिकका अपेक्षा पूरा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्।

लोकतान्त्रिक व्यवस्थामा अन्तिम निर्णायक शक्ति जनता नै भएकाले जनमतको अवमूल्यन गर्न नहुने उनको भनाइ छ। सरकारको कामकारबाही जनआकांक्षा अनुकूल हुनुपर्नेमा उनले जोड दिएका छन्।

देउवाले मुलुकमा भइरहेको परिवर्तनलाई व्यवस्थापन गर्ने प्रक्रियामा आफूहरूबाट आवश्यक सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। उनले रूपान्तरणका क्रममा हतार वा अनियन्त्रित कदमभन्दा विवेक, पारदर्शिता र न्यायका आधारमा निर्णय लिनुपर्ने धारणा अघि सारेका छन्।

0 Comments