२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पक्राउ र मुद्दाका प्रयासप्रति देउवाको आपत्ति, भने, ‘ज्ञानेन्द्रले नसकेको कुरा अरूले पनि सक्दैनन्’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र पत्नी डा. आरजु राणा देउवाविरुद्ध विगतमा भएका पक्राउ तथा कानुनी कारबाहीका प्रयासप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक रूपमा आफूलाई दबाबमा पार्न नसकिने दाबी गरेका छन्।

बिहीबार साढे पाँच महिनापछि स्वदेश फर्किएपछि चुनदेवीस्थित काँग्रेसको संस्थापन इतर पक्षको सम्पर्क कार्यालयमा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले आफूविरुद्ध विभिन्न तहबाट मुद्दा तथा पक्राउको प्रयास भएको बताएका हुन्।

उनले आफू र पत्नीविरुद्ध अन्तर्राष्ट्रिय आपराधिक अदालतसम्म मुद्दा पुर्‍याउने प्रयास भएको दाबी गरे। त्यहाँबाट आफूहरूलाई पक्राउ नगर्ने भनिएको उनको भनाइ थियो। नेपालभित्र पनि पक्राउका लागि प्रयास भएको उल्लेख गर्दै देउवाले अदालतले आफू र पत्नीलाई पक्राउ नगर्न आदेश दिएको दाबी गरे।

सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायमार्फत समेत पटक-पटक अनुसन्धान र मुद्दा चलाउने प्रयास भएको उनले बताए। त्यस्ता प्रक्रियाबाट आफूविरुद्ध कुनै आधार नदेखिएको निष्कर्ष आएको दाबी गर्दै देउवाले त्यसपछि पनि विभिन्न ढंगले दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए।

यस्ता विषयमा आफूले धेरै प्रतिक्रिया दिन नचाहेको बताउँदै देउवाले मुलुकमा न्यायिक संस्था र जनता दुवै रहेकाले वास्तविकता सबैले बुझिरहेको धारणा राखे। आफूविरुद्ध भएका गतिविधिको मूल्यांकन जनताले र अदालतले गर्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा देउवाले आफूलाई राजनीतिक रूपमा कमजोर पार्ने प्रयासप्रति कडा प्रतिवाद गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा समेत आफू नझुकेको प्रसंग जोडेर अहिलेका प्रयासले पनि आफूलाई विचलित पार्न नसक्ने संकेत गरे।

उनले आगामी दिनमा आफू र आफ्नो पक्षले त्यस्ता गतिविधिको राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।

0 Comments