३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुर पालनमा अनुदान

अ+ अ-

भोजपुर । पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको छ   । 

गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुर पालनमा जुटेका हुन् ।

पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राई गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक रूपमा बङ्गुरपालन थालेको बताउँछिन्। हाल उनले उन्नत जातका १० वटा बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गरेका छन् । 

अनुदान पाएपछि स्थानीय किसानमा पशुपालनतर्फको आकर्षणसमेत बढेको छ । पशुपालन सुरु गर्न आवश्यक प्रारम्भिक लगानी प्राप्त हुँदा व्यवसाय सञ्चालन गर्न सहज भएको सोही पालिकाका जयमारानी राईले बताउँछिन्। अनुदानले किसानलाई आफ्नै लगानीमा मात्र निर्भर हुनुपर्ने अवस्था कम गर्नुका साथै व्यावसायिक पशुपालनतर्फ अघि बढ्न प्रेरित गरेको उनको भनाइ छ ।

पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत वडा नं. ४, ५ र ६ का किसानलाई बङ्गुर पालनका लागि अनुदान दिइएको बताए। “महिलालाई उद्यमशील बनाउँदै आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,” उनले भने । 

गाउँपालिकाले गत आर्थिक वर्षमा रु. ३० लाख बजेट विनियोजन गरी किसानको ५० प्रतिशत लागत साझेदारीमा रु. ६० लाख बराबरका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रममार्फत २० वटा बङ्गुर र एउटा बाख्रा फर्मलाई अनुदान दिइएको थियो । 

गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता र किसानको मागका आधारमा पशुपालन तथा कृषिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई भन्छन् “महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पशुपालन तथा कृषिमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।  कृषिमा आधारित आयआर्जन वृद्धि गर्दै स्थानीय महिलालाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।”

0 Comments