३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालवाहक सवारीको ओभरलोड रोक्न पाँच लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

अ+ अ-

काठमाडौँ । सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानूनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी गरेको छ ।

हाल मालवाहक सवारीले ल्याउने गरेको ओभर लोडका कारण सडकमा खाल्डाखुल्डी पर्ने, सडकको सतह दबिने र पुलमा क्षति पुग्ने गरेको देखिएको छ ।

सरकारले क्षमताभन्दा बढी लोड बोक्ने मालवाहक सवारीलाई पाँच लाख रुपैयाँ जरिवाना गर्ने गरी कानून बनाउन लागेको हो ।

प्रस्तावित सार्वजनिक सडक विधेयकमा तोकिएको सीमाभन्दा बढी भार बोकेमा सवारी धनीलाई प्रति पटक पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

विधेयकको दफा १३ मा मालवाहक सवारीसाधनको भारवहन तथा जरिवानासम्बन्धी व्यवस्था गरिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले मालवाहक सवारीसाधनले अत्याधिक लोड बोकेर सडक तथा पुललाई क्षति पुर्‍याएको आरोप लगाए । राज्यको अर्बौँ रुपैयाँ लगानीमा निर्माण भएका सडकलाई टिकाउ बनाउन कानूनले तोकेको भारवहन सीमा पालना गराउनु आवश्यक रहेको उनको भनाई छ ।

उनका अनुसार हाल चार लेनका सडक निर्माणमा प्रतिकिलोमिटर २५ देखि ३० करोड रुपैयाँसम्म लागत लाग्ने गरेको छ । सडकमा क्षति पुग्ने गरी क्षमताभन्दा बढी भार बोक्ने सवारीलाई नियन्त्रण गर्नु सरकारको बाध्यता भएको उनले बताए ।

उनले भने, ‘सडक निर्माण एकदम महँगो छ किनभने किलोमिटरकै २५ करोडदेखि ३० करोडसम्म प्रति किलोमिटर सडक निर्माणको लागत लागेको छ, अहिलेका आधुनिक ४ लेनका सडकहरूको निर्माणको लागि । राज्यको अर्बौँ सम्पत्ति लगाएर निर्माण गरिएका सडकहरू सही तरिकाले उपयोग गर्नुपर्छ, यसलाई दिगो पनि बनाउनुपर्छ र दीर्घकालसम्म चलाउनुपर्छ । केही यातायात व्यवसायी अथवा ट्रक व्यवसायीहरूले जथाभाबी कानुनको उल्लंघन गरेर कानूनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सडक क्षति गरेको अवस्था देखिन्छ, त्यस भएको हुनाले त्यसलाई नियन्त्रण गर्न र सडकलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानूनी जुन प्रावधान छ, त्यसलाई हुबहु लागू गर्न मात्रै खोजेको हो, अरू केही गर्न खोजेको होइन ।’

उनका अनुसार मालवाहक सवारीसाधनले प्रत्येक एक्सलमा पर्ने भारलाई कानूनी सीमाभित्र राख्नुपर्ने छ । कतिपयमा एउटा ट्रकमा १० टन मात्रै समान बोक्न पाइने भन्ने भ्रम पनि पैदा भएको उनले बताए । उनका अनुसार एउटा ट्रकले एक सय टन क्षमताको सामान पनि बोक्न सक्छ, तर ट्रकको एक्सलबाट सडकमा पर्ने भार भने १० दशमलव २ टन हुनुपर्ने उनको भनाई छ । धेरै एक्सल भएको ट्रक प्रयोग गरेर ठूलो परिमाणमा सामान ढुवानी गर्न भने कानूनले रोक नलगाएको उनले बताए। एउटा ट्रकमा सय टनसम्म समान ल्याउन सकिने तर एउटा एक्सलबाट पिचमा जाने भार १० दशमलव २ टनभन्दा बढी हुन नहुने उनको भनाई छ । उनका अनुसार युरोपका कतिपय मुलुकमा एक्सल लोडको सीमा करिव ८ दशमलव २ टन मात्रै छ ।

उनले भने, ‘एउटै ट्रकले १०० टन क्षमताको सामान ल्याउनु हुन्छ भने पनि कुनै समस्या छैन, १०० टन पनि ल्याउन सक्नुहुन्छ तर एउटा एक्सलबाट पिचमा जाने भार भनेको १० दशमलव २ टन हाम्रो कानुनी प्रावधान छ, एउटा चक्का एउटा एक्सलबाट जाने भार १० दशमलव २ टनमा सीमित राखेर ल्याउनुपर्छ । मल्टिपल एक्सल राखेर एउटै ट्रकमा सय टन सामान ल्याउन कुनै बन्देज छैन । मान्छेहरूले एउटा ट्रकमा १० टन मात्रै ल्याउन पाइने भने भ्रममा छन्, त्यस्तो होइन । अन्तर्राष्ट्रिय तहमा १० टन पनि छैन युरोपतिर ८ दशमलव २ टन मात्रै कानुनी व्यवस्था छ । भारत र नेपालमा १० टन छ, राखेर एक्सल लोड १० टन भित्र सीमित राखेर मल्टिपल एक्सल राखेर सयौँ टनका गाडी पनि ल्याउन पाइन्छ ।’

मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी सामान बोकेका कारण मुख्य मार्गमा सडकको एकतर्फी लेन बढी दबिने समस्या देखिएको उनको भनाई छ । विशेष गरी काठमाडौँ-वीरगन्ज सडक करिडोरमा काठमाडौं भित्रिने लेनमा सडक दबिएको र सतहमा ‘कोरुगेसन’ देखिएको उनले बताए ।

बुटवल–नारायणगढ सडकमा समेत केही स्थानमा सडक दबिने समस्या देखिएको उहाँले जानकारी दिए। विशेष गरी उकालोमा ढिलो गतिमा चल्ने र भारी भार बोकेका सवारीका कारण कोरुगेसन विकास हुनेछ ।

विधेयकमा प्रस्ताव गरिएको जरिवानाको विषयमा भने ट्रक व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले जरिवाना व्यवस्था संशोधन गर्न माग गरेको छ । पुलमा अनिवार्य तौल परीक्षण, भारको सीमा निर्धारण र सडक संरचना संरक्षणसम्बन्धी व्यवस्था आवश्यक भए पनि पाँच लाख रुपैयाँसम्मको जरिवाना भने अत्याधिक भएको व्यवसायीहरूको भनाई छ । तर आयोगका सदस्य थापाले कानूनले तोकेको भारवहन सीमाभित्र चल्ने ट्रकलाई प्रस्तावित जरिवाना तिर्नुपर्ने बताए। विगतमा बढी भारका कारण विभिन्न पुलमा क्षति पुगेको र केही पुल भत्किएको उनको भनाई छ । उनकाअनुसार विनयी खोला, मुकुन्द खोला, बौला खोला र जयश्री खोलालगायतका पुलमा क्षति पुगेको र केही पुल भत्किएका छन् ।

विनयी खोला पुल भत्किएपछि सम्बन्धित पक्षबाट करिब ६८ लाख रुपैयाँ जरिवाना असुल भएको तर पुल पुनर्निर्माणका लागि करिव १० करोड रुपैयाँ लाग्ने उनको भनाई छ ।

उनले भने, ‘कानुनी प्रावधान भित्र रहेर लोड बोक्नुभयो भने एक पैसा पनि तिर्नु पर्दैन, ५ लाख १० लाखको कुरो छोड्दिनुस् । कानूनले तोकेको मापदण्डअनुसारको भारवहन क्षमता भएका सडकहरू अथवा त्यति कानुनी प्रावधानभित्रका भारवहन लिएर हिँड्ने कुनै पनि ट्रकहरूले तिर्नै पर्दैन । सडकलाई दिगो अथवा लामो समयसम्म टिकाउनको लागि हामीले राखेको एउटा प्रावधान मात्रै हो । विगतमा पुलहरू भाँच्चिएका थिए, राज्यलाई अर्बौँको क्षति भएको भएको थियो, यसलाई कम गर्ने उद्देश्य सरकारको देखिन्छ । विनयी खोला पुल भत्कियो, मुकुन्द खोला पुल, बौला खोला पुल, जयश्री खोलाको पुल लगायतका ४-५ वटा पुल भत्किए, एउटा स्ट्याण्डर्ड लोड क्यारिङ क्यापासिटी हुन्छ, पुलको । त्यो भन्दा बढी भार बोकेर आएका पुलहरू लोड बढी बोकेर आएको कारणले भत्केका हुन् । २-३ वर्ष अगाडी विनयी खोला पुल भत्केको थियो, त्यसको ६८ लाख मात्रै जरिवाना तिराइयो तर ६८ लाखले त्यो पुल बन्दैन । यसलाई करिब १० करोड जति लाग्छ ।’

क्षमताभन्दा बढी सामान ल्याउनुपरेमा स्वीकृत लिएर ल्याउन सकिने उनको भनाई छ । स्वीकृत लिएर ल्याएको सवारीलाई जरिवाना नलाग्ने उनले बताए । जलविद्युत आयोजनाका ट्रान्सफर्मर, टर्बाइनजस्ता टुक्राउन नसकिने उपकरण ढुवानी गर्न भने विशेष व्यवस्था गर्न सकिने उहाँले बताउनु भयो । त्यसका लागि सडक विभाग वा सम्बन्धित प्रदेश सरकारबाट अनुमति लिनुपर्ने र आवश्यक स्थानमा सडक तथा पुलको क्षमताअनुसार अतिरिक्त सुरक्षा व्यवस्था गरेर ढुवानी गर्न सकिने उनको भनाई छ । कमजोर पुल भएमा अस्थायी डाइभर्सन निर्माण गर्ने, पुलमुनि अतिरिक्त टेका दिने वा मोड सुधार गर्नेजस्ता उपाय अपनाएर सवारी सञ्चालन गर्न सकिने उनले बताए । यस्ता अतिरिक्त संरचना तथा सुरक्षा व्यवस्थामा लाग्ने खर्च भने सामान ढुवानी गर्ने सम्बन्धित आयोजना वा व्यवसायीले नै व्यहोर्नुपर्ने छ ।

उनले भने, ‘ओभरलोड भएका गाडी राजमार्गमा लैजानै नपाइने होइन । विशेष सावधानी अपनाएर लैजान पाइन्छ । तर त्यसका लागि पूर्वस्वीकृति लिनुपर्छ र आवश्यक सावधानी अपनाउँदा लाग्ने खर्च सम्बन्धित ढुवानीकर्ताले नै व्यहोर्नुपर्छ ।’

सरकारले सडक र पुलमा हुने क्षति घटाउने उद्देश्यले एक्सल लोड नियन्त्रणलाई प्रभावकारी बनाउने तयारी गरेको हो ।

0 Comments