३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्यो’ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजनीतिक दलभित्र सत्तामा पुग्नुलाई मात्रै सफलता मापन गर्ने आधार बनेको बताएका छन् । आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले राजनीतिक दलभित्र सफलता मापन गर्ने आधार नै गलत बनेको बताएका छन्। 

उनले कति पटक सभापति, सांसद वा मेयर भयो भन्ने आधारमा राजनीतिक सफलता मापन गर्दा दलहरू असफल मान्छे उत्पादन गर्ने कारखाना जस्तो बन्ने टिप्पणी गरे। राजनीतिक दलभित्र पद र शक्तिलाई नै सफलताको मुख्य मापदण्ड बनाइएका कारण अधिकांश नेता असन्तुष्ट र निराश रहेको उनको भनाई छ । उनका अनुसार अहिले पदमा रहेका व्यक्ति पद गुम्ने चिन्तामा र पदबाट बाहिरिएका व्यक्ति पुनः पदमा पुग्न नसकिने चिन्तामा रहेका छन् । 

उनले काँग्रेस र एमाले दुवै दलमा यस्तो प्रवृत्ति देखिएको दाबी गरे । उनले पुरानासँगै नयाँ पुस्तामा पनि प्राप्तिलाई मात्र महत्व दिने प्रवृत्ति बढेको आरोप लगाए । यसले राजनीतिक संस्कारमा थप विचलन ल्याउने उनको भनाइ छ । उनले राजनीतिक दलको ‘आत्मा’ नेताको घरमा नभई पार्टीका लागि लामो समय संघर्ष गरेका परिवारहरूको कथामा खोजिनुपर्ने बताए । नेपाली काँग्रेसमा योगदान गरेका परिवारहरूको इतिहास खोजेर त्यसलाई पार्टीसँग पुनः जोड्न आफू इच्छुक रहेको उनको भनाई छ । 

उनले भने, ‘कति पटक सभापति हुनुभयो, कति पटक सांसद हुनुभयो, कति पटक मेयर हुनुभयो भन्ने त्यो त्यो छुट्टै कुरा हो, त्यो । त्यसको आधारमा मात्र नाप्ने हो भने त नेपालको राजनीतिक दल सबैभन्दा बढी असफल मान्छेहरू उत्पादन गर्ने कारखाना हो । र साँच्चै त्यस्तो भएको छ । अहिले पोलिटिकल पार्टीभित्र मान्छे भेट्यो भने सबै निराश । भइरहेको मान्छे हटाइदेला भनेर निराश, हटेको मान्छे फेरि बन्न नपाउला भनेर निराश, ५ पटक भएको मान्छे ६ औ पटक बन्ला कि नबन्ला भन्ने निराश । काँग्रेस हेर्नुस् त्यस्तै छ, एमालेमा हेर्नुस्, को खुसी छ ? ५ पटक प्रधानमन्त्री भएको मान्छे पनि दिक्दार छ, ६ औ पटक किन बन्न पाइन भनेर छ । सफलताको मानक नै हामी सत्तामा वा शक्तिमा कति पटक त्यहाँ भित्र गयौ भन्ने कुरा बनाइएको छ । यो परिभाषा नबदलिकन यसले समस्या ल्याउँछ । यसले नयाँ राजनीतिमा विचलन ल्याउँछ । पहिला त कम्तीमा संघर्षको कथा छ, त्यो संघर्षको कथापछि केही प्राप्तिका कुराहरू छन् । अब त संघर्षको कथालाई पनि माइनस गरेर प्राप्तिको कुरा मात्र छ र प्राप्तिको मात्र प्रतिस्पर्धा भएपछि झन् यसले हामीलाई हाम्रो पोलिटिक्सलाई कहाँ लिएर जाने हो । हामी डिकेको जुन कुरा गर्छौँ, हाम्रो पोलिटिकल कल्चरको डिकेको जुन कुरा गर्छ, त्यो अब झन् कहाँ पुग्ने हो । किनकि त्यहाँ त बाँकी रहेको त केही पनि नचाहिने भयो । चाहिनुपर्छ भन्ने मेरो कुरा होइन । तर यो यो जुन यो स्याक्रिफाइसको स्टोरेजहरू छन्, ती कति छन् । म मेरो पार्टीको कुरा गर्छु, पार्टीको आत्मा  भन्ने कुरा छ । यो म नेताको घरमा खोज्न जान्न, नेताको घरमा त्यहाँ भित्र कहीँ लुकेको छ कि भनेर भेट्न गएर खोजेर भेटिन्न । जसले हिजो संघर्ष गरेका छन्, म ती परिवारहरुको पार्टीको आत्मा खोज्न जान्छु ।’

सभापति थापाले सञ्चारमाध्यमलाई समेत राजनीतिक पद र शक्तिमा रहेका व्यक्तिका अभिव्यक्तिलाई मात्र केन्द्रमा नराख्न आग्रह गरे। 

0 Comments