३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर ५ मा अवैध रूपमा व्यावसायिक उद्देश्यले उत्पादन गरिँदै आएको ठूलो परिमाणको घरेलु मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ । 

स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य वस्तुहरू मिसावट गरी स्थानीय मदिरा उत्पादन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार पोखरा-५ मा कोठा भाडामा लिएर बस्ने वसन्त दुलामी र सपना लामिछानेले उक्त अवैध कार्य गरिरहेको फेला परेको थियो । 

वडा प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले खानतलासी गर्दा मदिरा बनाउन प्रयोग गरिने १५ ड्रम कच्चा पदार्थ फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई नष्ट गरिएको छ । डीएसपी पासवानले परम्परागत रूपमा घरमा खानका लागि वा धार्मिक कार्यमा प्रसादका रूपमा घरेलु मदिराको प्रयोग सांस्कृतिक रूपमा स्वीकार्य भएपनि, यसरी अखाद्य वस्तु मिसाएर व्यावसायिक रूपमा उत्पादन तथा विक्री-वितरण गर्नु कानुनतः पूर्ण रूपमा वर्जित रहेको स्पष्ट पारे ।

यस विषयमा थप जानकारी दिँदै पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराईले यस्तो विषाक्त मदिरा बजारका विभिन्न रेस्टुरेन्टहरूमा आपूर्ति हुने गरेको र यसको सेवनले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर तथा दीर्घकालीन असर पर्ने बताए । उनले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी प्रहरीसँगको समन्वयमा उक्त सामग्री तत्काल नष्ट गरिएको जानकारी दिए । प्रहरीले सर्वसाधारणको स्वास्थ्यमा खेलबाड गर्ने यस्ता अवैध गतिविधिहरू विरुद्ध आफ्नो निगरानी र कारबाहीको प्रक्रियालाई थप तीव्र बनाउने जनाएको छ । 

0 Comments