३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

अ+ अ-

काठमाडौँ । प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ । प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत कारणले रेसुंगा विमानस्थलबाट हवाई सेवा नियमित हुन सकेको छैन ।

रेसुंगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा अवरुद्ध हुँदा वृद्ध वृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जाने यात्रु थप समस्यामा परेका जानकारी दिए । उडानका लागि विमानस्थल पुग्ने गरेका यात्रुहरू विमानको प्रतीक्षामा बस्ने बताउँदै उहाँले अन्तिम समयमा वायु सेवा निगमले प्रतिकूल मौसमका कारण जनाउँदै उडान तालिका रद्द गरेपछि निराश हुँदै फर्कनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

नेपाल वायु सेवा निगमले सातामा शनिबार, आइतबार र बिहीबार गरी तीन दिन हवाई उडानको तालिका निर्धारण गरेको छ । रेसुंगा विमानस्थलबाट जेठको तेस्रो सातादेखि हवाई उडान अवरुद्ध हुँदै आएको स्टेसन प्रमुख थापाले जानकारी दिए। उनका अनुसार खराब मौसमका कारण टिकट लिएका यात्रुहरू विमानस्थल आएर फर्कनुपर्ने बाध्यता छ । 

रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजमार्फत काठमाडौँबाट बिहान ६:३० बजे र रेसुंग विमानस्थलबाट बिहान ७:३० बजे उडान भर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि रु. १० हजार ७१० र गुल्मीबाट काठमाडौँका लागि रु. १० हजार ५१० भाडा दर निर्धारण गरेको छ । 

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गरेको स्टेसन प्रमुख थापाले जानकारी दिए । 

जिल्लामा हवाई उडान सुरु भएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुँदै गएको स्थानीय बताउँछन् । सडक मार्गबाट १२ देखि १६ घण्टासम्मको यात्रा गरेर राजधानी पुग्नुपर्ने यस क्षेत्रका नागरिक आकाश मार्गबाट ४५ देखि ५० मिनेटमा सजिलैसँग राजधानी आवतजावत गर्न सक्नेछन् । 

गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समयमा इन्धनमा भएको मूल्य वृद्धि, सडकको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधनको सहज उपलब्धताका कारण रेसुंगा विमानस्थलमा हवाई उडान गर्ने यात्रुको सङ्ख्या केही कमी आएको विमानस्थल कार्यालयले जनाएको छ ।  

0 Comments