१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ’ : मुख्यमन्त्री आचार्य

अ+ अ-

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताएका छन् । 

नागपञ्चमी तथा थारू समुदायले मनाउने गुरही र मधेसी समुदायको गुडिया पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेका हुन् । 

मुख्यमन्त्री आचार्यले नागपञ्चमी प्रकृति, संस्कृति र परम्परासँग जोडिएको पर्व भएको बताउँदै यसले नागदेवताको पूजाआराधनासँगै प्रकृति, पर्यावरण र जीवजन्तुप्रति सम्मान तथा संरक्षणको भावना विकास गर्न प्रेरणा दिने उल्लेख गरेका छन् ।

उनले नागपञ्चमीले मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउँदै प्राकृतिक सम्पदाको संरक्षण र सहअस्तित्वको सन्देश दिने बताएका छन् ।

त्यसैगरी, थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको गुरही पर्वले समुदायको मौलिक संस्कृति, सामाजिक एकता र आपसी सद्भावलाई अभिव्यक्त गर्ने मुख्यमन्त्री आचार्यको भनाइ छ । वर्षायाममा लाग्ने रोगव्याधि तथा नकारात्मक प्रभावबाट मुक्ति मिलोस् भन्ने कामनासहित मनाइने गुरही पर्वले प्रकृति र समुदायको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने सांस्कृतिक महत्त्व बोकेको उनले उल्लेख गरेका छन् । 

लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउँदै यहाँ मनाइने विभिन्न पर्वले आपसी सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई थप बलियो बनाउँदै आएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

उनले मौलिक संस्कृति, परम्परा र पर्वहरूको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् । यस्ता पर्वहरूले सामाजिक एकता र राष्ट्रिय भावनालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

0 Comments