१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस एकताका लागि नेतृत्वले पहल गर्नुपर्ने लेखकको दाबी, अन्यथा अवस्था थप जटिल बन्ने संकेत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको वर्तमान दूरी अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने प्रमुख दायित्व सभापति गगनकुमार थापामाथि रहेको बताएका छन्।

उनले नेतृत्वले आवश्यक पहल नगरे पार्टीभित्रको अवस्था थप जटिल बन्न सक्ने संकेत गरेका छन्।

काठमाडौँमा सोमबार कञ्चनपुरबाट आएका नेता तथा कार्यकर्तासँगको छलफलमा लेखकले पार्टी एकताका लागि आफ्नो पक्षबाट पर्याप्त प्रयास भएको दाबी गरे। नयाँ बानेश्वरस्थित आनन्द भूमि इभेन्टमा आयोजित कार्यक्रममा उनले अब पार्टीलाई मिलाउने जिम्मेवारी सभापति थापाको भएको धारणा राखेका हुन्।

लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको पक्षबाट पार्टीलाई एकीकृत राख्न निरन्तर प्रयास गरिएको बताए। उनका अनुसार पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न देउवाले समेत विभिन्न जिम्मेवारी हस्तान्तरण गरेका थिए।

पार्टीलाई एक ढिक्का बनाउने प्रयास स्वरूप देउवाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएको र निर्वाचन प्रयोजनका लागि आवश्यक हस्ताक्षर गर्ने अधिकारसमेत खड्कालाई प्रदान गरेको लेखकले उल्लेख गरे।

निर्वाचनमा उम्मेदवारीका लागि आवश्यक हस्ताक्षर देउवाले नै गर्नुपर्ने विषयमा प्रश्न उठेपछि पार्टी एकताको उद्देश्यले उक्त अधिकार हस्तान्तरण गरिएको उनको भनाइ थियो। पार्टी सभापतिका रूपमा ठूलो जनमतसहित निर्वाचित व्यक्तिलाई उम्मेदवारको टिकटमा हस्ताक्षर नगर्न आग्रह गर्नु सहज विषय नभए पनि संगठन जोगाउने उद्देश्यले त्यसो गरिएको उनले बताए।

लेखकले कञ्चनपुरका नेता-कार्यकर्तालाई पार्टीको सदस्यता अद्यावधिक गरेका व्यक्तिसँग निरन्तर सम्पर्कमा रहन र उनीहरूलाई आफ्नो राजनीतिक अभियानमा जोड्न आग्रह गरे। सदस्यता अद्यावधिक गरेका र नगरेका आधारमा पार्टीभित्र विभाजनको अवस्था सिर्जना गर्न नहुने उनको भनाइ थियो।

त्यसैगरी, उनले कञ्चनपुर काँग्रेसका सभापति पदम बोगटीलाई दसैँ र तिहारको बीचमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा संगठनात्मक कार्यक्रम आयोजना गर्न तयारी थाल्न आग्रह गरेका छन्। उक्त कार्यक्रममा आफू र एनपी साउदसमेत सहभागी हुने तथा तीनवटै निर्वाचन क्षेत्रमा पुग्ने योजना रहेको लेखकले बताएका छन्।

काँग्रेसभित्र नेतृत्व, संगठन सञ्चालन र आगामी राजनीतिक दिशाबारे मतभेद देखिइरहेका बेला लेखकको यस्तो अभिव्यक्ति आएको हो। पार्टीभित्रको विवाद समाधानका लागि नेतृत्व तहबाट हुने पहल र त्यसमा विभिन्न समूहको भूमिकालाई आगामी दिनमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

0 Comments