१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद तामाङको प्रश्न : सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ?

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन्। 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले परराष्ट्र मन्त्रालयले कार्यविधि बनाउन नमान्दा राईको शव नेपाल ल्याउन नसकिएको भन्दै सांसद तामाङले आपत्ति जनाउन् ।

उनले एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ? भन्दै प्रश्न गरिन् । उनले शव व्यवस्थापनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको भए पनि उक्त बजेट कार्यान्वयनको लागि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा राईको शव नेपाल ल्याउन समस्या बताइन् । बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय ? उनले प्रश्न गरिन् । 

धादिङको धुनीवेशी नगरपालिका-९ स्थित जुगेडी निवासी राईको वैशाख २९ गते ‘हेमोरेजिक स्ट्रोक’ मस्तिष्क रक्तस्रापका कारण कम्बोडियामा मृत्यु भएको थियो । 

उनले भनिन्, ‘३७ दिन अगाडि धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल झिकाउनु भनी मैले शून्य समयमार्फत यस सनमा कुरा राखेको थिएँ । तर त्यो कुरा शून्यमै बिलाएर गयो । मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ । तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोकामा चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय रु अर्थ मन्त्रालयले विदेशमा लासको व्यवस्थापन गर्न भने बजेट छुट्याएको आज दुई हप्ताभन्दा बढी भयो । तर बजेट कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइदिँदा आज आफ्नाले लासको आस गर्न समेत छोडिसकेका छन् सभामुख महोदय । बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय ?’

गतवर्ष भदौमा रोजगारीको सिलसिलामा भारत हुँदै कम्बोडिया पुगेका उनी उपचारको क्रममा काल्मेट अस्पतालमा भर्ना भएका थिए । त्यही निधन भएका उनको शव आर्थिक अभाव र कानुनी झन्झटका कारण नेपाल ल्याउन ढिलाइ भएको हो । लगत्तै सभामुख डोलप्रसाद अर्यालले ३ दिनभित्र यस विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरे ।

0 Comments