१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभाको कार्यसूचीबाट हट्यो राहदानी विधेयक

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ सम्बन्धी प्रस्ताव कार्यसूचीबाट हटाइएको छ।

बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले परराष्ट्र मन्त्री शिशिर खनालले विधेयकमाथि विचार गरियोस् भनी प्रस्तुत गर्ने प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए। विधेयक हटाउनुको कारण भने बैठकमा खुलाइएको छैन।

अन्य दुई संशोधन विधेयक प्रस्तुत
बैठकमा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरिन्।

मन्त्री बादीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत गरेकी छन्।

यसैगरी प्रतिनिधि सभाले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामुख अर्यालले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव सभाबाट स्वीकृत भएसँगै सांसदहरूले विधेयकमाथि संशोधन दर्ता गर्न पाउने ७२ घण्टाको समय सुरु भएको छ।

0 Comments