२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय

अ+ अ-

मनाङ । मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले उद्घाटन गरे।

भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी वकिलको मुख्य जिम्मेवारीअनुसार जिल्लामा सरकारका निकायलाई कानुनी राय सल्लाह दिनु तथा सरकारको पक्षमा मुद्दा सञ्चालन गर्नु रहेको बताए ।

उनले संविधानले प्रत्यायोजन गरेको अधिकारअनुसार महान्यायाधिवक्ताले जिल्ला स्तरमा सरकारी वकिललाई अधिकार प्रत्यायोजन गर्ने र सोहीअनुसार सरकारी वकिलले कार्यसम्पादन गर्दै आएको जानकारी दिए।

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेले नयाँ भवन निर्माणपछि सदरमुकामस्थित सरकारी कार्यालयमा सेवा प्रवाह थप सहज हुने बताए ।

उनले कतिपय सरकारी कार्यालयका आफ्नै भवन नभएको अवस्थामा सरकारी वकिलको कार्यालयका लागि सुविधा सम्पन्न भवन निर्माण हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । नायब महान्यायाधिवक्ता लोकराज पराजुलीले सरकारी वकिलको कार्यालय न्याय प्रणालीको अभिन्न अंग भएको बताए ।

मनाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद पौड्यालले सेवा प्रवाहलाई सहज बनाउन सरकारी कार्यालयका भवन सेवाग्राहीमैत्री हुनुपर्ने बताए । उनले कार्यालयमा आउने सेवाग्राहीको सुरक्षा र सहज पहुँच सुनिश्चित गर्न आवश्यक संरचना तथा प्रविधिको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

भवन निर्माणका लागि विसं २०८१ माघ ११ गते रु. चार करोड ८३ लाख १६ हजार २९ मा सम्झौता भएको थियो । सम्झौताअनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले करिब चार महिनाअघि नै काम सम्पन्न गरी हस्तान्तरण गरेको हो । 

0 Comments