काठमाडौँ । ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ घर भएका ६० वर्षीय जयप्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ भने मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप्ने तयारी भएको प्रहरीले जनाएको छ ।






