२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउनमा ७० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउनमा ७० हजार नाघेको छ। वैदेशिक रोजगार विभागका अनुसार नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या जोड्दा एक महिनामा ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन्।

विभागको विवरणअनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला छन्। कुल स्वीकृतिमध्ये ४२ हजार ६९३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको ठूलो हिस्सा म्यानपावर कम्पनीमार्फत गएको देखिएको छ। साउनमा म्यानपावरमार्फत २९ हजार ४४७ जनाले श्रम स्वीकृति लिएका छन्। व्यक्तिगत प्रक्रियाबाट १२ हजार ४४२ जनाले अनुमति लिएका छन् भने सरकार-सरकारबीचको समझदारीअन्तर्गतको ‘जीटुजी’ माध्यमबाट ७१२ जनाले श्रम स्वीकृति लिएका छन्।

गन्तव्य मुलुकका आधारमा साउनमा संयुक्त अरब इमिरेट्स (युएई) पहिलो रोजाइमा परेको छ। विभागका अनुसार युएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६० र साउदी अरबका लागि ८ हजार ६१३ जनाले श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या अघिल्लो महिनाको तुलनामा समेत केही बढेको छ। गत असारमा ६९ हजार ३६२ जनाले श्रम स्वीकृति लिएका थिए।

विभागको तथ्यांकले पछिल्लो समय नेपाली श्रम शक्ति वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर रहेको देखाउँछ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै ७ लाख ९२ हजार १८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ।

0 Comments