काठमाडौँ । सांसद आसीका तामाङले बेवारिसे शव नेपाल ल्याउने तथा व्यवस्थापन गर्ने विषयमा सरकारले विनियोजन गरेको बजेटबारे प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै तामाङले प्रश्नोत्तरका लागि परराष्ट्र मन्त्री रोस्ट्रममा उपस्थित भए पनि बेवारिसे शव ल्याउने विषयमा मन्त्रीबाट स्पष्ट जवाफ नआएको दाबी गरेकी छन्।
मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै उनले त्यसपछि आफूले थप प्रश्न राख्न नपाएको भन्दै संसद्को प्रश्नोत्तर प्रक्रियामाथि समेत प्रश्न उठाएकी छन्।
तामाङले विशेष गरी बेवारिसे शव ल्याउने प्रयोजनका लागि १५ करोड रुपैयाँ बजेट छुट्याइएको विषयमा सरकारसँग स्पष्टता मागेकी छन्। उनले उक्त रकम किन विनियोजन गरिएको हो भन्ने प्रश्नसमेत गरेकी छन्।






