काठमाडौँ । प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बिहानदेखि सुरु भएको संसदीय दलको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन नसकेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् नियमावलीमा कुनै पनि सभाको निर्धारित बैठक दुई घण्टाभन्दा ढिला भएमा नयाँ समय तालिका टाँस्नुपर्ने प्रावधान छ ।






