२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्यो’ : शंकर पोखरेल

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परम्परागत राजनीतिक दलहरूप्रति नागरिकमा बढ्दो वितृष्णाको मुख्य कारण समाजमा मौलाएको उपभोक्तावादी प्रवृत्ति र आम्दानी-खर्चबीचको खाडल भएको बताएका छन् । 

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विकासका भौतिक पूर्वाधार मात्रै जनताको मत जित्न पर्याप्त नहुने भन्दै वामपन्थी आन्दोलनलाई नयाँ वैचारिक धरातलमा पुनर्गठित गर्नुपर्नेमा जोड दिएका हुन् । 

महासचिव पोखरेलले नेकपा एमालेले विगतमा गरेका सडक, पुल, भवन निर्माण र सामाजिक सुरक्षा भत्ताजस्ता गौरवपूर्ण कार्यहरूको चर्चा गरे पनि जनताको बदलिँदो मनोविज्ञान बुझ्न चुकेको स्वीकार गरे । उनकाअनुसार आधुनिक समाजमा पूर्वाधार विकासले निम्त्याएको उपभोक्तावाद चरम अवस्थामा पुगेको छ । यसले नागरिकको खर्च गर्ने आकांक्षा बढाए पनि आम्दानीको स्रोत सोही अनुपातमा बढ्न नसक्दा समाजमा आर्थिक असन्तुलन पैदा भएको छ । 

वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्न इतिहासको गौरवगाथाबाट शिक्षा लिँदै वर्तमानका चुनौतीलाई सम्बोधन गर्ने गरी वैचारिक संश्लेषण आवश्यक रहेको उनको तर्क छ । 

आन्दोलनको ध्रुवीकरण र वैचारिक पुनर्गठन नै भविष्यको राजनीतिक यात्राको मुख्य आधारशिला बन्नुपर्नेमा उनले जोड दिए । 

महासचिव पोखरेलले भने, ‘हाम्रो आन्दोलनको ध्रुवीकरणको आधार वैचारिक पुनर्गठन हो । इतिहासबाट शिक्षा लिँदै आजका चुनौती र भविष्यका आवश्यकतालाई केन्द्रमा राखेर नयाँ वैचारिक संश्लेषणसहित आन्दोलनलाई पुनर्गठित गर्नुपर्छ । यसले नै नेपालको वामपन्थी आन्दोलनलाई बलियो बनाउन सक्छ । हामीले विगतमा सडक, पुल, भवन निर्माणदेखि सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण काम गरेका छौँ । त्यसमा गर्व गर्नुपर्छ । तर यति मात्र पर्याप्त छैन । आज नागरिकको मनोविज्ञान, आवश्यकता र चुनौती बदलिएका छन् । पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि केवल सामाजिक सञ्जाल वा एल्गोरिदमका कारण होइन । हाम्रो समाजमा उपभोक्तावाद बढ्दै गएको छ, खर्च गर्ने अवसर विस्तार भएका छन् तर आम्दानीका स्रोत त्यही अनुपातमा विस्तार हुन सकेका छैनन् । आम्दानी र खर्चबीचको यो बढ्दो अन्तरले सामाजिक प्रतिष्ठाका लागि अनावश्यक खर्च गर्ने प्रवृत्ति बढाएको छ । त्यसले भ्रष्टाचार, अपराधीकरण, पैतृक सम्पत्तिको क्षयीकरण, डनगिरी र सामाजिक अराजकता जन्माइरहेको छ । त्यसैले अबको वाम आन्दोलनले यिनै नयाँ सामाजिक यथार्थ र चुनौतीलाई केन्द्रमा राखेर आफ्नो विचार, नीति र संगठनको पुनर्गठन गर्नुपर्छ ।’

महासचिव पोखरेलले राजनीतिक दलहरूले केवल भौतिक विकासमा मात्र केन्द्रित नभई नागरिकको बदलिँदो जीवनशैली र आर्थिक मनोविज्ञानलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए । 

0 Comments