२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाली कम्युनिस्ट आन्दोलन ध्रुवीकरणबाट एकीकरणको चरणमा छ’ : शक्ति बस्नेत

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतले नेपाली कम्युनिस्ट आन्दोलन पछिल्लो समय ध्रुवीकरणबाट एकीकरणको चरणमा प्रवेश गरेको बताएका छन् । 

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सशस्त्र संघर्ष र शान्तिपूर्ण प्रतिस्पर्धाको उचित संयोजन नै नेपालको सामाजिक रूपान्तरणको मुख्य आधार भएको दाबी गरेका हुन्। 

नेता बस्नेतले कम्युनिस्ट आन्दोलनको विगतको समीक्षा गर्दै यसलाई चार वटा कालखण्डमा विभाजन गरेर हेर्नुपर्ने बताए । 

उनका अनुसार २०४७ सालपछिको समयलाई शक्ति सञ्चय र सशस्त्र आन्दोलनको कालका रूपमा बुझ्नुपर्छ । आन्दोलनले बहुआयामिक स्वरूप ग्रहण गरेको बताउँदै उनले यसको योगफलले नै आजको परिवर्तन सम्भव भएको बताए । बस्नेतले कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूले विगतका आग्रह र अहम् त्यागेर वस्तुगत यथार्थलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । वर्तमान समयमा देखिएका राजनीतिक परिणामहरूलाई लिएर उनले आत्म समीक्षाको खाँचो औँल्याए । 

नेता बस्नेतले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा गर्दा यसको यात्रा एकीकरण, पुनर्गठन र ध्रुवीकरण हुँदै अहिले फेरि ध्रुवीकरणबाट एकीकरणतर्फ अघि बढेको देखिन्छ। आन्दोलनका अनुभव, विकास क्रम र हाम्रो चेतनाले पनि यही निष्कर्षतर्फ संकेत गर्छन् । २०४७ सालपछि हामीले शक्ति सञ्चय र सशस्त्र आन्दोलनलाई फरक-फरक मूल्यका रूपमा अघि बढायौँ । तर सामाजिक रूपान्तरणको गुणात्मक परिणाम त्यतिबेला आयो, जब यी विभिन्न धार र अनुभवहरू एक ठाउँमा समायोजित र एकीकृत भए । यो हाम्रो वस्तुगत यथार्थ हो । तर आफ्ना विगतका भूमिका, आग्रह र मान्यताका कारण हामीलाई कहिलेकाहीँ यो यथार्थलाई पूर्ण रूपमा स्वीकार गर्न कठिन हुन्छ । हामीले गरेका सबै कुरा सही थिए भन्ने आग्रहभन्दा माथि उठेर इतिहास र परिणामबाट सिक्न आवश्यक छ । सामाजिक परिवर्तन कुनै एकरेखीय प्रक्रियाबाट भएको होइन । विभिन्न विचार, संघर्ष र आन्दोलनका बहु रेखीय अनुभवहरूको समग्र परिणामले आजको परिवर्तन निर्माण गरेको हो । त्यसैले अब ती सबै अनुभवलाई नयाँ ढंगले संश्लेषण र वैचारिक पुनर्व्याख्या गर्नुपर्ने आवश्यकता छ । कम्युनिस्ट आन्दोलनले अब आत्मसमीक्षा गर्दै वस्तुगत यथार्थलाई स्वीकार गर्नुपर्छ । हामीले सबै कुरा सही गरेका थियौँ भने आजको परिणाम किन आयो भन्ने प्रश्नको इमानदार जवाफ खोज्नुपर्छ । अहिलेको आवश्यकता दोष खोज्नु मात्र होइन, अनुभवबाट शिक्षा लिँदै नयाँ वैचारिक संश्लेषणसहित आन्दोलनलाई पुनर्गठित गर्नु हो ।’

यदि विगतमा सबै निर्णयहरू पूर्ण रूपमा सही हुन्थे भने वर्तमानका जटिलताहरू पैदा नहुने उनको तर्क छ ।

0 Comments