३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छ’ : श्रम मन्त्री यादव

अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम सम्बन्धी विधेयकमा कुनै पनि किसिमको विरोधाभास नरहेको स्पष्ट पारेका छन् । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा मन्त्री यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा उक्त कुरा बताएका हुन् । 

विधेयकका प्रावधानबारे प्रष्ट पार्दै उनले जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको र बालबालिकालाई नकारात्मक असर नपुर्याउने सुरक्षित प्रकृतिका कार्यहरूलाई मात्र नियमन गरिएको जानकारी दिए । उनका अनुसार यो अभ्यास विश्वव्यापी मान्यतामा आधारित रहेको छ ।

प्रस्तावित विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकाले कडा सर्तहरूको अधीनमा रही विद्यालय समयबाहेक (अघि र पछि) सामान्य काम गर्न पाउने व्यवस्था गरिएको छ । 

उनले भने, ‘विधेयकमा कुनै विरोधाभास नरहेको कुरामा म स्पष्ट पार्न चाहन्छु । जोखिमयुक्त र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ । जबकि बालबालिकालाई नकारात्मक असर नपुर्याउने सुरक्षित प्रकृतिका कार्यलाई मात्र नियमन गरिएको हो । यो अभ्यासलाई विश्वव्यापी रूपमा समेत अवलम्बन गरिएको मान्यता हो । सोहीबमोजिम १३ वर्ष उमेर पुगेपछि कडा शर्तसहित विद्यालय अघि र पछिको समयमा हुलका काम गर्न पाउने व्यवस्था गरिएको छ ।’

विधेयक सभामा पेश भएसँगै अब यसमाथि संशोधन प्रस्ताव दर्ता गराउने प्रक्रिया समेत खुला भएको छ ।

0 Comments