३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अबदेखि भद्र र अनुशासित बन्ने कोसिस गर्छु’ : सांसद आशिका तामाङ

अ+ अ-

काठमाडौँ । सामाजिक अभियानबाट चर्चा कमाउँदै संसदीय राजनीतिमा प्रवेश गरेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अब आफू भद्र, कम रिसाउने, मर्यादित र अनुशासित बन्ने प्रयास गर्ने बताएकी छन्।

सार्वजनिक विषयमा खरो रूपमा प्रस्तुत हुने तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो स्वभाव र प्रस्तुतिमा परिवर्तन ल्याउने संकेत गरेकी हुन्।

उनले लेखेकी छन्, ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु।’

सामाजिक अभियन्ताका रूपमा सडक र सामाजिक सञ्जालबाट विभिन्न बेथिति तथा सार्वजनिक सरोकारका विषय उठाउँदै आएकी तामाङ पछिल्लो निर्वाचनमा रास्वपाबाट धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्। उनले ३९ हजार १२८ मत प्राप्त गर्दै निर्वाचन जितेकी थिइन्।

संसद् प्रवेशपछि पनि तामाङ आफ्नै शैलीका कारण पटक–पटक चर्चामा आउने गरेकी छन्। संसद्मा विषय उठाउने क्रममा होस् वा सार्वजनिक तथा सञ्चारमाध्यममा प्रतिक्रिया दिँदा, उनको अभिव्यक्ति र प्रस्तुतिले चर्चा पाउने गरेको छ। यसअघि पार्टीको महाधिवेशनमा मतदान प्रणालीबारे दिएको प्रतिक्रियासमेत सार्वजनिक बहसको विषय बनेको थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै नेपालले अतिक्रमण गरेको भनिएको भारतीय भूमि सम्बन्धी तथ्य सार्वजनिक गर्न माग गर्दा पनि तामाङ चर्चामा आएकी थिइन्। 

यस्तो पृष्ठभूमिबीच तामाङले बुधबार सार्वजनिक गरेको पछिल्लो छोटो स्टाटसलाई आफ्नो सार्वजनिक व्यवहार र प्रस्तुतिमा संयम अपनाउने प्रतिबद्धताका रूपमा लिन सकिन्छ। यद्यपि उनले उक्त अभिव्यक्ति कुनै खास घटना वा आलोचनासँग जोडेर लेखेकी हुन् वा सामान्य आत्मसमीक्षाका रूपमा सार्वजनिक गरेकी हुन् भन्नेबारे थप खुलाएकी छैनन्।

0 Comments