४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार जाँचपास सहज बनाउन चार मुलुकबीच पूर्व-आगमन सूचना आदानप्रदान सम्झौता

अ+ अ-

काठमाडौँ । नेपालसहित चार देशका भन्सार प्रशासनबीच मालवस्तु भन्सारमा आइपुग्नुअघि नै त्यससम्बन्धी सूचना आदानप्रदान गर्ने समझदारी भएको छ। व्यापार सहजीकरणसँगै भन्सार जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो समझदारी गरिएको हो।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच समझदारी पत्रमा हस्ताक्षर भएको भन्सार विभागले जनाएको छ।

माल्दिभ्समा आयोजित एसएएसईसीको १४औँ सबग्रुप बैठकका क्रममा चारै मुलुकका भन्सार प्रशासकहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार सम्बन्धित मुलुकमा मालवस्तु आइपुग्नुअघि नै त्यसको विवरण आदानप्रदान हुने व्यवस्था गरिनेछ। प्राप्त सूचनाका आधारमा भन्सार प्रशासनले अग्रिम जोखिम विश्लेषण गर्न सक्ने भएकाले शंकास्पद वा जोखिमयुक्त वस्तुको निगरानी तथा नियन्त्रणमा सहजता आउने विभागको अपेक्षा छ।

पूर्वसूचनाको प्रयोगबाट नियमित कारोबार गर्ने व्यवसायीका मालवस्तुको जाँचपाससमेत छिटो र सहज बनाउन सकिने विभागले जनाएको छ। यसले व्यापारिक प्रक्रियामा लाग्ने समय तथा लागत घटाउनुका साथै वैदेशिक व्यापारलाई थप पारदर्शी र पूर्वानुमानयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालले यसअघि भारतसँग पनि मालवस्तुको पूर्व-आगमन सूचना आदानप्रदानसम्बन्धी समझदारी गरिसकेको छ। गत माघको पहिलो साता नयाँदिल्लीमा नेपाल भन्सार विभाग र भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डबीच उक्त समझदारीमा हस्ताक्षर भएको थियो।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रमुख व्यापारिक साझेदार मुलुकबीच वस्तु गन्तव्य मुलुकमा प्रवेश गर्नुअघि नै निकासीसम्बन्धी तथ्यांक आदानप्रदान गरी जोखिममा आधारित भन्सार व्यवस्थापन गर्ने गरिन्छ। पछिल्लो समझदारीले क्षेत्रीय व्यापार सहजीकरण तथा भन्सार प्रशासनबीचको समन्वयलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

0 Comments