काठमाडौँ । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेललाई प्रहरीले चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पौडेलविरुद्ध परेको चेक अनादरसम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले पौडेल पक्राउ परेको पुष्टि गरेका छन्। पक्राउसम्बन्धी थप कानुनी प्रक्रिया प्रहरीले अघि बढाइरहेको जनाएको छ।






