५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अचानकको हडतालपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

अ+ अ-

इजरायल । इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टादेखि अवरुद्ध भएको हवाई सेवा बिहीवार दिउँसोबाट पुनः सञ्चालनमा आएको छ । कर्मचारीहरूको अचानकको हडतालका कारण बन्द भएको विमानस्थल सेवा व्यवस्थापन पक्ष र कर्मचारी युनियनबीचको वार्तापछि सुचारु भएको इजरायल विमानस्थल प्राधिकरणले जनाएको छ ।

 प्राधिकरणद्वारा जारी विज्ञप्तिअनुसार कर्मचारीहरूले उठाएका जनशक्ति वृद्धि र सञ्चालन सम्बन्धी मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धतापछि कामदारहरू काममा फर्कन सहमत भएका हुन् । यद्यपि, हडतालका कारण उत्पन्न अत्यधिक चापले गर्दा विमानको प्रस्थान र आगमनमा अझै केही ढिलाइ भइरहेको बताइएको छ । यो हडताल वर्षकै सबैभन्दा बढी व्यस्त समयमा भएको हो ।

 ग्रीष्मकालीन बिदाको यो अवधिमा विमानस्थलबाट दैनिक एक लाखभन्दा बढी यात्रुले आवतजावत गर्ने गरेका छन् । हडतालको समयमा चेक–इन काउन्टर र सुरक्षा जाँच केन्द्रहरू पूर्ण रूपमा बन्द गरिएका थिए । जसका कारण प्रस्थान उडानहरू प्रभावित भएका थिए । पछि प्राधिकरणले जहाज अवतरणमा समेत रोक लगाउने निर्णय गरेको थियो । यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विमानस्थल सुचारु रहने स्पष्ट पार्दै कार्यसम्पादनमा अवरोध गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

त्यस्तै, यातायात मन्त्री मिरी रेगेभले पनि कर्मचारीहरूलाई काममा फर्कन आदेश दिन श्रम अदालतमा निवेदन दिने चेतावनी दिएकी थिइन् । दुवै पक्षबीच सहमति जुटेसँगै अहिले विमानस्थलको सेवा बिस्तारै सामान्य अवस्थामा फर्कँदैछ ।

0 Comments