५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ’ : मन्त्री पोखरेल

अ+ अ-

सुदूरपश्चिम । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । 

कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरूको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले सबै तहको समन्वयबाट नै शिक्षामा सुधार सम्भव हुने बताए ।

मन्त्री पोखरेलले भने, “प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका काम प्रभावकारी रूपमा सम्पादन गर्न सकिँदैन । त्यसैले शिक्षा नियमावलीको १०औँ संशोधन र अन्य ऐन, कानुनले गरेका व्यवस्थाको परिपालना गर्न मिलेर अगाडि बढौँ ।”

शिक्षा ऐन, नीति र कानुन बनाउँदा सबै सरोकारभएकाहरुसँग बढीभन्दा बढी संवाद गर्न आवश्यक रहेको भन्दै मन्त्री पोखरेलले संवादबाटै सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा शिक्षा विभागका निर्देशक णप्रसाद न्यौपानेले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रमको कार्यान्वयनमा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइ (इडिसीयु) बीच समान बुझाइ कायम गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताए। 

अभिमुखीकरणमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश, ईडीसीयू र स्थानीय तहका शिक्षा कार्यक्रमबारे छलफल तथा अभिमुखीकरण गरिने समन्वय एकाइ कैलालीका प्रमुख जीवन न्यौपानेले जानकारी दिए। अभिमुखीकरणमा  शिक्षा नीति, कार्यक्रम तथा बजेट, ‘सेक्टर वाइड एप्रोच’ अन्तर्गतका व्यवस्था र कार्यक्रमसँग जोडिएका सूचक तथा बजेट निकासाबारे जानकारी दिइनेछ । 

यस्तै, प्रदेश, इडिसीयु तथा स्थानीय तहका आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमबारे छलफल, स्थानीय शिक्षा योजनाका आधारमा वार्षिक रणनीतिक कार्यान्वयन योजना तथा वार्षिक कार्ययोजना तथा बजेट विकास गर्ने विषयमा प्रशिक्षण दिइनेछ । यसबाट स्थानीय तहले आफ्नो स्वीकृत शिक्षा योजनालाई वार्षिक कार्यक्रम तथा बजेटसँग कसरी जोड्ने भन्ने विषयमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

साथै, विद्यालय शिक्षा क्षेत्रको सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा यसबाट प्राप्त तथ्यांकको उपयोगबारे छलफल गरिनेछ । शिक्षा क्षेत्रका विभिन्न मापदण्ड तथा नीतिबारे समेत अभिमुखीकरण गरिने जनाइएको छ । कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका शिक्षासँग सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।

0 Comments