५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार 

अ+ अ-

काठमाडौँ । सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ । 

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले यस्तो जानकारी दिएका हुन् । 

उनले स्थानीय सीप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुन:स्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिए।  

उनका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावटलगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन समेत निर्देशन दिइएको छ । 

त्यसैगरी स्टेसनरी, छपाइ तथा फर्निचरसम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनः स्मरण गराइएको प्रवक्ता अर्यालले बताए ।

उनले भने, ‘स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नको लागि हामीले स्थानीय सिप र उद्यमको संरक्षण, रोजगारीको सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी निकायमा हुने खरिद तथा प्रयोगमा नेपाली उत्पादनलाई प्राथमिकता दिन अति आवश्यक देखिएकोले सरकारी निकायहरूले कार्यालय प्रयोजनको लागि कुनैपनि बैठक, समारोहको लागि कोसेली, उपचार, सजावट तथा अन्य प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्न सबै कार्यालयहरूमा पत्राचार गरिएको छ । त्यसैगरी सरकारी निकायबाट हुने स्टेसनरी छपाइ अथवा फर्निचरसँग सम्बन्धित वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण लगायत कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून बमोजिम सार्वजनिक खरिद ऐनले दिएको व्यवस्थाको दायराभित्र रहेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन पुन:ख स्मरणसहित सबै कार्यालयमा पत्राचार गरिएको छ ।’

उनले स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत बताए । 

0 Comments