५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग, विवरण सच्याउन नागरिकलाई आग्रह

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, व्यवस्थित र अद्यावधिक बनाउन आफ्नो विवरण जाँच गरी आवश्यक सुधारका लागि निवेदन दिन मतदातालाई आग्रह गरेको छ।

आयोगले संवत् २०८३ असोज १ गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। प्रकाशित नामावलीमा रहेको विवरण जाँच गरेर त्रुटि भए सच्याउन सम्बन्धित निर्वाचन कार्यालय वा आयोगको अनलाइन प्रणालीमार्फत निवेदन दिन सकिनेछ।

आयोगका अनुसार मतदाताले आफ्नो नाम, थर, उमेर र ठेगानालगायत विवरणमा त्रुटि भए सच्याउन निवेदन दिन सक्नेछन्। कसैले झुटो विवरण पेस गरी मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भए त्यसविरुद्ध उजुरी दिन पनि आयोगले अनुरोध गरेको छ।

एकभन्दा बढी स्थानको मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले आफूले रोजेको एक स्थानमा मात्र नाम कायम गरी बाँकी स्थानबाट हटाउन निवेदन दिनुपर्नेछ।

त्यस्तै, नागरिकता त्याग गरेका वा मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीमा कायम रहेको पाइएमा सम्बन्धित व्यक्तिको विवरण अद्यावधिक गराउन सूचना दिन सकिने आयोगले जनाएको छ। निवेदन तथा सूचना आयोगको वेबसाइट मार्फत पेस गर्न सकिनेछ।

मतदाता नामावलीको शुद्धता र नियमित अद्यावधिकताले निर्वाचनको स्वच्छता, निष्पक्षता तथा विश्वसनीयता कायम गर्न सहयोग पुग्ने भन्दै आयोगले त्रुटि, दोहोरो नाम वा अन्य गलत विवरण सच्याउने कार्यमा सहयोग गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

0 Comments