६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर

अ+ अ-

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताएका छन् ।

 आज डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्ने बताए । 

आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष पूजा गरेपछि उनले सिङ्गो बागमती प्रदेश पर्यटकीय गन्तव्यको हब बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताए

मुख्यमन्त्री थापाले भने, “भक्तपुर आफैँमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ । विश्वभरका पर्यटक र विशेषगरी हरेक वर्ष हजारौँ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरी  सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ ।” उनले डोलेश्वर महादेवको आर्शिवाद, आस्था, र संस्कृति संकल्पसँगै बागमती प्रदेशको समृद्धिको यात्रा सुरु भएको बताउँदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको समृद्धिमा अगाडि बढ्ने संकल्प गरे ।

कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेत, समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले डोलेश्वर महादेव मन्दिरलाई आजको अवस्थासम्म पुर्‍याउन मुख्यमन्त्री थापाको ठूलो योगदान रहेको चर्चा गर्दै यसको विकासमा थप सहयोग पुग्ने बताए। 

कार्यक्रममा मुख्यमन्त्री थापालाई समितिले सम्मान गरेको समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिए।

0 Comments