७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नख्खु कारागारमा नि:शुल्क आँखा शिविर: कैदी बन्दी लाभान्वित

अ+ अ-

 काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरेको नि:शुल्क आँखा शिविरमा एक हजार २२६ जनाको नेत्र परीक्षण गरिएको छ ।

ती शिविरमा कारागारका कर्मचारी, कैदी बन्दी, थुनुवा, ज्येष्ठ नागरिक र सर्वसाधारणको आँखा परीक्षण गरी औषधि र चस्मासमेत नि:शुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले जानकारी दिए ।

अस्पतालले नख्खुमा कारागारमा कैदी बन्दी, थुनुवा तथा कर्मचारीका लागि सञ्चालन गरेको शिविरमा ९०७ सेवाग्राहीको आँखा परीक्षण गरेको थियो । त्यहाँ आँखा परीक्षण गराउनेमा मोतीबिन्दु, दृष्टि दोष तथा मनसुनमा देखिने विभिन्न रोगको पहिचान भएको अस्पतालले जनाएको छ ।

विशेषज्ञसहित आठ जनाको टोलीले  त्यस शिविरमा २० जनामा मोतीबिन्दु पहिचान गरेको थियो भने ४२१ जनालाई आँखाको औषधि प्रदान गरेको उनले जानकारी दिए । आँखा परीक्षणका क्रममा मोतीबिन्दु देखिएकालाई कारागार व्यवस्थापनसँगको सहकार्यमा अस्पतालले केही समयपछि नि:शुल्क शल्यक्रिया गर्नेछ ।

त्यस्तै, १४६ जना कैदी बन्दीमा पढ्न/लेख्न समस्या देखिएकाले नि:शुल्क चस्मा  र औषधि उपलब्ध गराइएको तथा  शिविरमा उपचार हुन नसकेका ९२  जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको जनाइएको छ ।

त्यस अवसरमा अस्पतालकै प्राविधिक टोलीले कैदी बन्दी, थुनुवा तथा कर्मचारीका लागि आँखा स्वास्थ्य, सुरक्षा तथा हेरचाहका सम्बन्धमा चेतनामूलक अभिमुखीकरणसमेत प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत गोसाईंले जानकारी दिए । उक्त अस्पतालले केन्द्रीय कारागार, नख्खु कारागार र सदर खोर (कारागार) डिल्लीबजारसँग सम्झौता गरी त्यहाँका कैदी बन्दी, थुनुवा तथा कर्मचारीलाई आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

यसैबीच, त्यस अस्पतालले लायन्स क्लब अफ नीलबाराही र ललितपुर महानगरपालिका–१० को सहजीकरणमा कुपण्डोलस्थित सिख धर्मावलम्बीको धार्मिक स्थल गुरुद्वारामा सञ्चालन गरेको  नि:शुल्क आँखा शिविरमा २१४ जनाको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आएकामध्ये आठ जनामा मोतीबिन्दु पहिचान भएको थियो ।

त्यस अवसरमा  शिविरमा आँखा परीक्षण गराएका १०० जना बिरामीलाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । शिविरमा आएकामध्ये १९ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको थियो भने १४१ जनालाई औषधि प्रदान गरिएको जानकारी दिइयो ।

एजिङ केयर सेन्टरमा आँखा शिविर
नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालित नि:शुल्क आँखा शिविरमा १०५ बिरामीको आँखा जाँच गरिएको छ ।

शिविरमा आँखा परीक्षण गरिएकामध्ये सेन्टरका नौ जना र  स्थानीय पाँच जनामा मोतीबिन्दुको पहिचान गरिएको अस्पतालले जनाएको छ । सेन्टर र समुदायका गरी २२ जनालाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा नि:शुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाईंले जानकारी दिए ।

यसअघि उक्त शिविरको नेपाल आँखा अस्पतालका कार्यसमिति सदस्य तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठले उद्घाटन गरेका थिए ।

0 Comments