काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङबाट काठमाडौँ आउँदै छन् । उनी परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका थिए।
शनिबार अपराह्न प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए। शाह आइतबार जोमसोम-बेनी सडक मार्ग हुँदै संघीय राजधानीतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए ।






