७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद शेर्पाले भने : ‘पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरूलाई विदेश पलायन हुनबाट रोक्न सबै एकजुट हुन जरुरी’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरू (माउण्टेन गाइड) लाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । 

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले हिमाली पथप्रदर्शकहरूलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई उचित सम्मानको वातावरण बनाउन नसके पर्वतीय पर्यटनका क्षेत्रमा विडम्बनापूर्ण चुनौतीको सामना गर्नुपर्ने बताए । उनले २०३५ सालमा बनेको पर्यटन ऐनकै आधारमा मुलुकको पर्यटन क्षेत्र सञ्चालन हुँदै आएकोमा अहिले नयाँ ऐन बन्न लागेकोमा खुशी समेत व्यक्त गरे । उनले सोमवार संसदीय समितिको बैठकमा पर्यटन विधेयकमाथि सरोकारवाला निकायहरूसँग छलफल भइरहेको जानकारी दिँदै पर्वतारोहीका समस्या र अधिकार ऐनमा कसरी समेट्ने ? भन्ने विषयमा आफ्ना सुझाव राख्न समेत आग्रह गरे । व्यक्तिगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर पर्वतारोहण क्षेत्रको अधिकार तथा नेपालको पर्यटन क्षेत्रको भविष्यका विषयमा सबैले काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। 

उनले भने, ‘२०३५ सालमा बनेको पर्यटन ऐनकै आधारमा मुलुकको पर्यटन क्षेत्र चलिरहेको छ । अहिले त्यो ऐन परिवर्तन गर्ने ठाउँमा पुगेको छु । र पर्यटन विधेयकमा भोलि मात्रै सरोकारवाला निकायहरूसँग छलफल हुँदैछ । आरोहीहरूको समस्या ऐनमा कसरी समेट्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर आफ्नो सुझाव दिन समेत आग्रह गर्दछु । तपाईँहरूले आफ्नो अधिकारको लागि आफेनो स्पष्टसँग माग राख्नुभएन भने तपाईँहरू त्यो संस्थामा बस्नुको कुनै पनि औचित्य हुनेछैन । कुनै पनि व्यक्तिगत स्वार्थ र राजनीतिबाट अलग रहेर पर्वतारोही क्षेत्रको अधिकार, नेपालको पर्यटन क्षेत्रको भविष्यको विषयमा आफ्नो कुरा तपाईँहरूले राख्नुभयो भने त्यसैअनुसार ऐन बन्न सहजता हुनेछ । म सधैँ तपाई हाम्रो क्षेत्रमा रहेका समस्याको समाधानका लागि प्रतिबद्ध छु । प्राकृतिक रूपमा हामीसँग पर्याप्त हिमाल हुँदाहुँदै पनि हामीले पर्वतारोहीलाई रोक्न सकिरहेको अवस्था छैन । त्यसकारण पर्वतारोहण क्षेत्रमा नीतिगत तहबाट सुधार गर्नुपर्छ । पर्वतारोही र पर्यटनको क्षेत्रमा तथा पर्वतारोहीलाई पलायन हुनबाट रोक्नका लागि हामी सबै एकजुट भएर अगाडि बढ्न सकेनौँ भने अझ विडम्बनापूर्ण दिनहरू आउन सक्छन् ।’

उनले पर्वतारोहण नेपालको पर्यटनको अभिन्न अंग रहेको भन्दै यस क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरे । 

0 Comments