काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको ३ भदौमा बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । काँग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेको हो ।






