९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पालिकालाई जग्गा, दातालाई घडेरी: रघुगंगाको आफ्नै भवन बन्दै

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी प्रशासकीय भवन निर्माण अघि बढाएको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा जग्गाधनीको सहमतिमा चक्लाबन्दी गरी मापदण्डअनुसारको जग्गा गाउँपालिकालाई नि:शुल्क उपलब्ध भएको छ । बाँकी जग्गा भने जग्गाधनीलाई नै फिर्ता गरिएको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार चक्लाबन्दी र जग्गा फिर्ताको प्रक्रिया पूरा गर्न पाँच वर्ष लागेको थियो । उनका अनुसार सुरुमा २७ जना जग्गाधनीको सहमतिमा २५ रोपनी जग्गा एकीकरण गरी चक्लाबन्दी गरिएको थियो ।

“एकीकृत गरिएको जग्गामध्ये १४ रोपनी जग्गा दाताले गाउँपालिकालाई नि:शुल्क उपलब्ध गराउनुभएको छ”, उनले भने, “बाँकी पाँच रोपनी जग्गा घडेरीका रूपमा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ ।” बाँकी जग्गा उपयोग गरी वरिपरि आठ मिटर चौडा सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

मापदण्डअनुसार आवश्यक जग्गा प्राप्त गर्न नसक्दा कतिपय स्थानीय तहले दोस्रो कार्यकालको अन्त्यसम्म पनि आफ्नै भवन निर्माण गर्न नसकेको अवस्थामा रघुगंगाले  फरक विधिबाट राज्यलाई आर्थिक भार नपर्ने गरी जग्गा व्यवस्थापन गरेको अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षभित्र आफ्नै बजेटबाट भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । अध्यक्ष भण्डारीले करोडौँ रुपैयाँ मूल्य पर्ने जग्गा समुदायबाट नि:शुल्क प्राप्त भएकाले प्रशासकीय भवन निर्माणमा जग्गाधनीको ठूलो योगदान रहेको बताए । “पालिकाको सेवा सरल, सहज र पूर्वाधारयुक्त बनाउन हामीले गौरवको योजना अघि बढाएका हौँ”, उनले भने ।

 भवन निर्माणका लागि रु नौ करोड ४० लाख ४४ हजार ७५५ लागत अनुमान गरिएको छ । आव २०८१/८२ मा रु. एक करोड ३१ लाख ९८ हजारको लागतमा ठेक्कामार्फत भवनको भुइँतला र पहिलो तला ढलान गरिएको थियो ।

तीनतले ३३ कोठे भवनको बाँकी कामका लागि २०८३ असार २ गते रु. पाँच करोड ९८ लाख दुई हजार ३१६ मा सिवी–मातृभूमि–एम एण्ड बी जेभीसँग ठेक्का सम्झौता गरिएको सवइञ्जिनियर कमल चोखालले जानकारी दिए ।

ठेक्काको म्याद आगामी २०८४ असारसम्म रहे पनि लक्ष्यभन्दाअगावै भवन निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको निर्माण व्यवसायीले बताएका छन् । वर्षायाममा पनि उपकरण, मजदुर र निर्माण सामग्रीको व्यवस्थापन गरी कामलाई निरन्तरता दिइएको छ ।

गाउँपालिकाले हाल मौवाफाँटमा रहेको बहुउद्देश्यीय भवनबाट सेवा दिँदै आएको छ । उक्त भवनलाई कर्मचारी आवास गृहका रूपमा प्रयोग गर्ने र नयाँ सुविधा सम्पन्न भवनबाट नागरिकलाई सहज रूपमा सेवा दिने योजना रहेको अध्यक्ष भण्डारीले बताए । 

0 Comments