१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपछि सुरक्षाकर्मीसँग सम्पर्कको प्रयास, तीन प्रहरी कार्यालयमा क्षति

रसुवाको बाढीपछि टिमुरे क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका नौ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। नेपाल प्रहरीका टिमुरे, स्याफ्रुबेसी र रसुवागढीस्थित तीन कार्यालयमा समेत ठूलो क्षति पुगेको छ।

अ+ अ-

काठमाडौँ । रसुवामा बुधबार बिहान आएको आकस्मिक बाढीपछि टिमुरे क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका नौ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन।

सशस्त्र प्रहरीका अधिकारीहरूले टिमुरेमा खटिएका कर्मचारी बाढीपछि सम्पर्कमा नआएको पुष्टि गरेका छन्। उनीहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुन बाँकी छ।

यसैगरी बाढीले नेपाल प्रहरीका इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति पुर्‍याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रारम्भिक चरणमा टिमुरेमा खटिएका १५ प्रहरीमध्ये आठ जनासँग मात्रै सम्पर्क भएको विवरण आएको थियो। पछिल्लो समयमा विभिन्न सुरक्षा युनिटसँग सञ्चार सम्पर्क पुन:स्थापना र कर्मचारीको अवस्था यकिन गर्ने काम भइरहेको छ।

‘सम्पर्कविहीन’ र ‘बेपत्ता’ फरक
सञ्चार, सडक र विद्युत् सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्क हुन नसकेका सुरक्षाकर्मीलाई आधिकारिक पुष्टि नभएसम्म ‘बेपत्ता’ भन्न सकिने अवस्था छैन।

सुरक्षा निकायले उनीहरूसँग सम्पर्क गर्ने तथा आवश्यक खोज तथा उद्धारको काम जारी राखेका छन्।

0 Comments