१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्का बेला हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई प्राधिकरणको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बाढी तथा प्राकृतिक विपद्को विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणको हवाई यातायात विभागले बुधबार विभिन्न सात वायुसेवा कम्पनीलाई पत्र पठाउँदै यात्रुको आवागमनमा सहजीकरण र राहत कार्यलाई प्रभावकारी बनाउन हाल कायम भाडादर नबढाउन भनेको हो।

प्राधिकरणले नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई यस्तो निर्देशन दिएको छ।

नेपाल सरकारबाट स्वीकृत अधिकतम हवाई भाडादरभन्दा कम दरमा टिकट उपलब्ध गराउन तथा विद्यमान परिस्थितिलाई ध्यानमा राखेर हालको भाडादर वृद्धि नगर्न प्राधिकरणले आग्रह गरेको छ।

देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपद्का कारण सर्वसाधारणको आवागमन प्रभावित भएका बेला यात्रुको चापलाई आधार बनाएर भाडा नबढाउन प्राधिकरणले वायुसेवा कम्पनीहरूको ध्यानाकर्षण गराएको हो।

प्राधिकरणको हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीले वायुसेवा कम्पनीहरूलाई पत्राचार गर्दै निर्देशनअनुसार हवाई टिकट उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

0 Comments