११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरेका छौँ: स्वास्थ्य मन्त्रालय

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गरेको जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले रसुवा, नुवाकोट लगायत जिल्लामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा घाइतेको उपचार गर्न आवश्यक स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए। सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्रीको पनि व्यवस्थापन गरेको उनले बताए ।

सम्पर्कविहीन स्वास्थ्यकर्मीको खोजी तथा प्रभावित स्वास्थ्य संस्थाको विकल्पमा अन्य स्थानबाट सेवा सञ्चालन गर्ने व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए ।

बाढीबाट घाइते तथा चोटपटक लागेका व्यक्तिको खोजी, उद्धार र उपचारलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको उनले बताए । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव हुने बिरामीलाई स्थानीय तहमै उपचारको व्यवस्था गर्ने र थप उपचार आवश्यक पर्ने घाइतेलाई काठमाडौँ ल्याएर उपचार गर्ने गरी समन्वय भइरहेको डा. अधिकारीले बताए । काठमाडौँका विभिन्न अस्पतालमा बाढी प्रभावित घाइतेको उपचार भइरहेको छ ।

उनले भने, ‘मन्त्रालयले उपचार व्यवस्थापन र भोलिका दिनमा आउन सक्ने समस्याहरूलाई मध्यनजर गरेर घटना लगत्तैदेखि स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा प्रवाह गर्ने कुरा थप अरु निकायहरूसँग समन्वय गरेर स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीको प्रबन्ध, आवश्यक सामग्रीको प्रबन्ध, कतिपय ठाउँमा हाम्रा स्वास्थ्यकर्मीहरू पनि सम्पर्कमा नभएको अवस्थामा स्वास्थ्यकर्मीहरूको खोजी गर्नका लागि सहजीकरण गर्ने, कतिपय ठाउँमा स्वास्थ्य संस्थाहरू पनि प्रभावित भएको अवस्थामा त्यसको विकल्पको रूपमा कसरी स्वास्थ्य सेवा प्रवाह गर्ने भन्ने सन्दर्भमा पनि सहजीकरण गर्ने गरिरहेको छ ।

अहिले तत्काल यो दुई दिनमा घाइते, चोटपटक लागेका व्यक्तिहरूको खोजी गरेर ल्याइएका व्यक्तिहरूको उपचारका प्रबन्धमा विशेष रूपमा केन्द्रित भएर काम गरेको छौँ । हामीले त्यहाँ रहेका स्वास्थ्य संस्थाहरूमा उपचार गर्न सम्भव भए त्यहीँ र नभएका घाइतेलाई काठमाडौँ ल्याएर उपचार प्रबन्ध गर्ने गरी त्यसको आवश्यक समन्वय भएको छ । विभिन्न अस्पतालहरूमा काठमाडौँमा पनि घाइतेहरूको उपचार भइरहेको अवस्था छ । स्थानीय रूपमा रहेको द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाएर भोलिका दिनमा आउन सक्ने पानीजन्य, खाद्यान्नजन्य, मानसिक स्वास्थ्य समस्या, किटजन्य रोगहरू यी सबै कुराहरूलाई मध्यनजर गरेर उपचार प्रबन्धका लागि त्यसको निगरानी र भोलिका दिनमा आउने कुनै स्वास्थ्य समस्याहरूको लागि चाहिने उपचारका सामग्रीहरूको स्थानीय रूपमा जोहो गर्ने कामहरू हामीले गरेका छौँ । यो घडीमा कसैलाई पनि नआत्तिन, सबैले एक अर्कालाई सहयोग गरिदिनुहुन हामी अनुरोध गर्छौ, हामी स्थानीय रूपमै रहेको एउटा छिमेकीले अर्को छिमेकीलाई सहयोग गर्न सक्यौँ, वल्लो गाउँको मान्छेले पल्लो गाउँको मान्छेलाई सहयोग गर्न सक्यौँ भने त्यो सबभन्दा ठूलो उद्धार हुन्छ । यो काममा चाहिँ सदैव लागिदिनुहुन अनुरोध गर्छौँ ।’

मन्त्रालयले उद्धारपछिका दिनमा देखिन सक्ने मानसिक स्वास्थ्य, पानी तथा खाद्यजन्य रोग र किटजन्य रोगको जोखिमलाई समेत मध्यनजर गरी स्थानीय द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाएको उनले जानकारी दिए । सम्भावित स्वास्थ्य समस्याका लागि आवश्यक औषधि तथा उपचार सामग्री स्थानीय स्तरमै व्यवस्थापन गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ ।

बाढीका कारण घर, पशुचौपाया तथा सम्पत्ति गुमाएका र आफन्त गुमाएका व्यक्तिमा मानसिक तनाव बढ्न सक्ने भन्दै मन्त्रालयले मानसिक स्वास्थ्य परामर्शका लागि ११६६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । बालबालिकासम्बन्धी सहयोगका लागि १०९८ तथा स्वास्थ्यसम्बन्धी समस्यामा ११५१ र ११५५ नम्बरको हटलाइन प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विपद्को समयमा नआत्तिन र स्थानीय स्तरमा एक–अर्कालाई सहयोग गर्न पनि आग्रह गरेको छ ।

छिमेकी, गाउँ तथा समुदाय स्तरबाट हुने तत्कालीन सहयोग नै विपद्का बेला महत्त्वपूर्ण उद्धार बन्न सक्ने डा. अधिकारीको भनाइ छ ।

0 Comments