१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएको थियो । 

केन्द्रका अनुसार तीमध्ये २९ जनाको काठमाडौँको विभिन्न अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएर फर्किएका छन् । 

शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ भने सो अस्पतालबाट उपचार गरेर ११ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपश्चात् डिस्चार्ज भएका छन् । 

वीर अस्पतालमा छ जना उपचारका लागि भर्ना भएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् । 

त्यस्तै, मनमोहन हस्पिटलमा दुई जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ । नर्भिक अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ । 

मनमैजु शुभम् अस्पताल र नेपाल मेडिकल कलेजमा एक/एक जनाको उपचार भइरहेको छ । 

0 Comments