१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिब्बतमा २६१ विदेशी नागरिक सम्पर्कविहीन, नेपालीको संख्या १०४

अ+ अ-

काठमाडौँ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा आएको लेदोसहितको बाढी र पहिरोमा परी २३ देशका २६१ विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उक्त विपत्तिमा तिब्बततर्फ मृत्यु हुनेको संख्या १६ पुगेको छ।

तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन विदेशी नागरिकमध्ये सबैभन्दा ठुलो संख्या नेपालीको छ। नेपालका १०४ जना नागरिक हराइरहेको जानकारी चीनले दिएको छ।

त्यस्तै, भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ नागरिकसमेत बेपत्ता रहेको चिनियाँ पक्षले जनाएको छ। घटनाबारे सम्बन्धित मुलुकका कूटनीतिक नियोगलाई जानकारी गराइएको अधिकारीहरूको भनाइ छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले हिमनदीमा जलवायु परिवर्तनका कारण उत्पन्न अस्थिरतालाई बाढीको प्रमुख कारणका रूपमा उल्लेख गरेको छ। चिनियाँ वैज्ञानिकहरूको प्रारम्भिक विश्लेषणअनुसार नेपालतर्फबाट आएको लेदोसहितको बाढी गिरोङ सीमा नाकासम्म आइपुग्न करिब ६ देखि ७ मिनेट मात्रै लागेको थियो।

उद्धार तथा राहतका लागि चीनले ठुलो संख्यामा जनशक्ति परिचालन गरेको छ। रोयटर्सका अनुसार दुई हजार एक सयभन्दा बढी आपत्कालीन उद्धारकर्मी घटनास्थलमा खटिएका छन्। चीनले प्रभावित क्षेत्रका लागि २२० मिलियन युआन अर्थात् करिब ३ करोड २७ लाख अमेरिकी डलर बराबरको राहत प्याकेजसमेत घोषणा गरेको छ।

विपद् व्यवस्थापनमा नेपाललाई समेत सहयोग गर्दै चीनले आपत्कालीन नगद सहायता र राहत सामग्री उपलब्ध गराउनुका साथै भू-उपग्रह तथा जलविज्ञानसम्बन्धी तथ्यांक उपलब्ध गराएको छ। सुरुङभित्र हुन सक्ने उद्धार कार्यलाई सघाउन विशेषज्ञ टोलीसमेत नेपाल पठाइएको जानकारी दिइएको छ।

यस प्राकृतिक विपत्तिको प्रभाव ठुलो क्षेत्रमा परेको छ। रेडक्रसको अनुमानअनुसार बाढी तथा पहिरोबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

0 Comments