१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई हप्ताभित्र गल्छी-स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बांगीयो

अ+ अ-

काठमाडौँ । रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बांगीएको हो ।

करिब ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बांगीएको महानिर्देशक जैसीले जानकारी दिए । जैसीकाअनुसार कोल्पुखोला पुल करिब ४० मिटर लामो प्रि-स्ट्रेस्ड ब्रिज हो ।

बाढीको बहावले पुलको माथिल्लो भागमा रहेको बियरिङमा अत्यधिक बल लगाएपछि पुलको एकातर्फ धेरै र अर्कोतर्फ कम उचाइमा उठेको उनले जानकारी दिए । पुल आफ्नो बियरिङमा बस्नुपर्ने भए पनि हाल स्टपरमा आएर बसेको उनको भनाई छ । यसका कारण पुलले डिजाइनअनुसारको भार वहन गर्नसक्ने अवस्था नरहेको उनले बताए। उनकाअनुसार पुललाई तत्काल चारैतिर ज्याक राखेर उचाली पुनः बियरिङमा सही स्थानमा राख्ने तयारी भइरहेको छ । यसका लागि गल्छी–बेत्रावती सडक आयोजनाले ठेकेदारसँग समन्वय गरेर आवश्यक प्राविधिक टोली खोजिरहेको उनले जानकारी दिए ।

पुल मर्मत नभएसम्म हालका लागि हलुका सवारीसाधन मात्र सञ्चालन गर्न दिने तयारी विभागको छ । पुलमा असन्तुलित रूपमा भार पर्दा स्टपरमा थप क्षति हुनसक्ने भएकाले भारी सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको उनले बताए ।

नुवाकोटको देवीघाटमा बेली ब्रिज निर्माण गरेर भारी सवारीसाधन सञ्चालनको वैकल्पिक व्यवस्था गर्ने बेलासम्म कोल्पुखोला पुललाई पनि उचालेर बियरिङमा पुन:स्थापना गर्ने तयारी रहेको उहाँले जानकारी दिए । पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उनले बताए ।

उनले भने, ‘यो ४० मिटरको प्रि-स्ट्रेस ब्रिज हो । त्रिशूलीबाट ब्याकफ्लो आयो, त्यसपछि बाढीको फ्लोका कारण पुलमाथि बेयरिङमा धेरै दबाब परेछ । यो पुल करिब ५००-६०० टनको होला, त्यसले पुललाई उचालिदिएछ । एकातिर धेरै उचालिएको छ भने अर्कोतिर निकै कम उचालिएको छ, त्यसैले पुल बांगीएको छ । पुल बेयरिङमा बस्नुपर्नेमा स्टपरमा आएर बसेको रहेछ । अब यसलाई हामीले तुरुन्तै चारैतिर ज्याक राखेर उचाल्नुपर्छ । ब्रिज उचाल्ने मेकानिजम हुन्छ, त्यसका लागि हामीले कन्ट्र्याक्टरहरूसँग भेटेर आवश्यक प्रक्रिया अघि बढाउँछौँ । गल्छी-बेत्रावती योजनाले तुरुन्तै यसलाई उचालेर आफ्नो ठाउँमा बेयरिङमा प्लेसमेन्ट गर्नुपर्छ । त्यसपछि मात्रै यसले डिजाइनअनुसारको लोड लिन सक्छ । अहिले यसले अलिकति असुरक्षित तरिकाले लोड लिइरहेको छ । धेरै लोड पर्‍यो भने स्टपरमा असर पर्न सक्छ । त्यसैले अहिले यसलाई सीमित रूपमा, लाइट भेहिकलका लागि मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्छ । देवीघाटमा बेली ब्रिज बनेर हेभी भेहिकल आउन थाल्ने बेलासम्म यो पुललाई उचालेर आफ्नो स्थानमा राखिसक्नुपर्छ । यसका लागि आवश्यक टोली खोज्छौँ, नेपालमा पुल उचाल्ने कामका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध छन् भने उनीहरूलाई परिचालन गर्छौ नभएमा भारतबाट ल्याएर भए पनि पुल उचाल्नुपर्छ ।’

उनले गल्छी-स्याफ्रुबेसी बेत्रावती सडकखण्ड पनि दुईहप्ताभित्र सञ्चालनमा ल्याउने गरी विभागले काम गरिरहेको बताउनु भयो । बाढीका कारण करिब ४० किलोमिटर सडक वासआउट भएको छ । नुवाकोटको सदरमुकाम विदुरभन्दा माथि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडक खण्डमध्ये चारदेखि पाँच किलोमिटर सडक त्रिशूली नदीमा मिसिएको उनले जानकारी दिए । बगेको सडक खण्डमा तत्काल अस्थायी रूपमा सडक सञ्चालन गर्ने उपाय खोजेर काम अघि बढाइएको उनको भनाई छ । उहाँले रसुवाको सदरमुकाम धुन्चे जोड्ने वैकल्पिक मार्ग पहिचान गरिएको जानकारी दिए ।

बेत्रावतीतर्फबाट धुन्चे जोड्ने वैकल्पिक बाटो पहिचान गरिएकोले सो मार्ग सञ्चालनमा ल्याउने तयारी भएको उनको भनाई छ । तर मैलुङ-स्याफ्रुबेसी खण्डमा भने तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

उनले भने, ‘अहिलेको बिदुरभन्दा माथि बेत्रावतीसम्म करिब १० किलोमिटर सडक खण्डमध्ये ४-५ किलोमिटर सडक पूर्ण रूपमा त्रिशूलीमा गएर मिसिएको अवस्था छ । त्यहाँ हामीले बिपी हाइवेमा जस्तै सडकलाई सडकबाटै सञ्चालन गर्ने अथवा अन्य कुनै वैकल्पिक व्यवस्थाबाट सञ्चालन गर्ने भन्ने विषयमा काम गरिरहेका छौँ । त्यहाँ रनिङ कन्ट्रयाक्टर पनि हुनुहुन्छ । उहाँहरूसँग समन्वय गरेर सडक सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । अहिलेको अवस्था हेर्दा करिब दुई हप्ताको लक्ष्य लिएर हामी काम गरिरहेका छौँ । त्यसको अलावा धुन्चे जोड्नका लागि हामीले अर्को वैकल्पिक बाटो पहिचान गरेका छौँ । अहिले मैलुङतिर जाने अवस्था छैन । मैलुङ-स्याफ्रुबेसी खण्ड पनि सञ्चालन गर्न सकिने अवस्थामा छैन । त्यसैले अहिले धुन्चेलाई जोड्ने गरी बेत्रावतीतिरको सडक खण्ड छिट्टै खुलाउने तयारी गरिरहेका छौँ ।’

चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । सडक विभागले क्षतिको यकिन विवरण निकाल्न सकेको छैन । विभागले प्रारम्भिक चारणमा कम क्षति भएका संरचनालाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउने तयारी गरेको छ । यस्तै तत्काल सञ्चालन गर्न नसकिने सडक तथा पुलको लागि वैकल्पिक सडक मार्ग पहिचान गर्ने काम भइरहेको विभागले जनाएको छ ।

0 Comments