काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर आज प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला आज ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ भने आइतबार पनि सोही मूल्यमै कायम भएको थियो ।






