१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा पाँच लाख नागरिकलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप

अ+ अ-

झापा । जिल्लामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को सङ्क्रमणबाट छ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाउँदै बृहत् खोप अभियानको तयारी थालेको छ । झापामा यसको सङ्क्रमणदर र मृत्युदर उच्च देखिएपछि सरकारले झापाबाट खोप अभियान सुरु गर्न लागेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख ब्रिजकुमार दासका अनुसार भदौ अन्तिम सातादेखि सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाका ३० वर्षमाथिका करिब पाँच लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

त्यसका लागि खोप भण्डारण तथा व्यवस्थापनको काम तीव्र पारिएको उनले जानकारी दिए । सामान्यतया १५ वर्षमुनिका बालबालिका यो रोगबाट बढी प्रभावित हुने मानिए पनि झापामा भने ५० वर्षभन्दा माथिका दीर्घरोगीमा पनि सङ्क्रमण र मृत्युदर बढी देखिएको दासले बताए। उनका अनुसार गत असार र साउनमा जिल्लाभर १२ जनामा सङ्क्रमण पुष्टि भएकामा छ जनाको मृत्यु भइसकेको छ । 

सङ्क्रमितमध्ये चार जना निको भएर घर फर्किएका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ की ५७ वर्षीया महिला, बाह्रदशी गाउँपालिका-३ का ६९ वर्षीय पुरुष, मेचीनगर नगरपालिका-१४ की ५४ वर्षीया महिला, मेचीनगर-८ की ६६ वर्षीया महिला, बिर्तामोड नगरपालिका-२ का ७३ वर्षीय पुरुष र अर्जुनधारा नगरपालिका-१० की ७३ वर्षीया महिला छन् ।

धानखेत, फोहर र हिलोमा हुर्कने लामखुट्टेले सुँगुर, हाँस, कुखुरा तथा बकुल्ला जस्ता पशुपन्छीबाट जापानिज इन्सेफ्लाइटिसको भाइरस लिएर मानिसमा सार्ने गर्दछ । सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको टोकाइबाट बच्न र घर वरिपरि सरसफाइमा ध्यान दिन आग्रह गर्दै स्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

0 Comments