१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले खानेपानीका ३०१ इन्टेकमा क्षति, अस्थायी व्यवस्थापन दुई महिनाभित्र गर्न सकिने

भोटेकोशीको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका खानेपानी संरचनामा व्यापक क्षति पुर्‍याएको छ। प्रारम्भिक रूपमा ३०१ इन्टेकमा क्षति पुगेको र पूर्ण क्षतिका आयोजना पुनर्निर्माणअघि समग्र प्रभावित क्षेत्रमा दुई महिनाभित्र अस्थायी व्यवस्थापन गर्न सकिने विभागले जनाएको छ।

अ+ अ-

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका खानेपानी तथा सरसफाइ संरचनामा व्यापक क्षति पुर्‍याएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक विवरण अनुसार साना-ठूला गरी प्रभावित क्षेत्रका ३०१ वटा इन्टेकमा क्षति पुगेको छ।

विभागका महानिर्देशक कमलराज श्रेष्ठले प्रशासनलाई दिएको जानकारीअनुसार बाढीका कारण यी जिल्लाका विभिन्न बस्तीमा त्रिशूली नदी किनारमा इन्टेक बनाएर खानेपानी आपूर्ति गरिँदै आएका आयोजनामा क्षति पुगेको हो।

उनका अनुसार समग्रमा इन्टेक, रिजर्भ्वायर, पाइपलाइन र विद्युतीय पम्पिङ प्रणाली गरी हालसम्म प्रारम्भिक रूपमा रु। ५४ करोडको खानेपानी संरचनामा क्षति पुगेको छ।

प्रभावित क्षेत्रमध्ये विदुर-नुवाकोटमा धेरै नागरिकको बसोबास रहेको र बाढीपछि विदुर क्षेत्रमा भिजिटर, बेपत्ता तथा घाइतेका आफन्तको आवतजावतसमेत बढेकाले होटेल क्षेत्रमा पानीको माग बढेको महानिर्देशक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ५० लिटर प्रतिसेकेन्ड क्षमताको खानेपानी प्रणालीको मेन इन्टेक क्षेत्रमा क्षति पुग्नुका साथै खानेपानी पाइपलाइनमा समेत क्षति पुगेको छ। मुख्य खानेपानी प्रणाली अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा खानेपानी सेवा सुचारु गर्न विभागले अस्थायी तथा वैकल्पिक व्यवस्था अघि बढाएको छ।

पूर्ण पुनर्निर्माणमा समय, अस्थायी व्यवस्थापन दुई महिनाभित्र
पूर्ण रूपमा क्षति भएका खानेपानी आयोजना पुनर्निर्माण तथा पुन:स्थापना गर्न समय लाग्ने भएकाले त्यसअघि प्रभावित क्षेत्रमा अस्थायी रूपमा खानेपानी सेवा व्यवस्थापन गर्ने गरी काम भइरहेको महानिर्देशक श्रेष्ठले बताए।

“पूर्ण क्षतिका आयोजना पुनर्निर्माण पुन:स्थापना गर्न समय लाग्ने भएकोले यस भन्दा अगाडि अस्थायी व्यवस्थापन २ महिना भित्र हुन सक्छ समग्र प्रभावित क्षेत्रमा ।” श्रेष्ठले प्रशासनसँग भने।

विभागले तत्काल खानेपानी उपलब्ध गराउन स्थानीय वैकल्पिक मुहानहरूबाट ग्राभिटी तथा पम्पिङ गरी टोलटोलमा पानीको व्यवस्था गरेको छ।

त्यस्तै, २३ दिनदेखि सेकेन्डरी पम्पिङ सिस्टममा १०० केभीए डिजेल जेनेरेटर प्रयोग गरी विदुरको खानेपानी सेवा सुचारु गरिएको श्रेष्ठले जानकारी दिए।

अस्थायी सेल्टरमा पाइपबाट खानेपानी
बाढी प्रभावित नागरिक बसोबास गरिरहेका अस्थायी सेल्टरमा स्थानीय मुहानबाट पाइपमार्फत खानेपानी सेवा उपलब्ध गराइएको छ। विभागका अनुसार यो काम संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा भइरहेको छ।

पानी शुद्धीकरणका लागि प्रभावित क्षेत्रमा ब्लिचिङ पाउडर र क्लोरिन झोललगायत सामग्री वितरण गरिएको छ।

त्यस्तै, रसुवाका केही अस्थायी सेल्टरमा आवश्यकताअनुसार पाइप उपलब्ध गराइएको छ भने नुवाकोटमा पाइप व्यवस्थापन गरिएको विभागले जनाएको छ।

विभिन्न निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइसम्बन्धी हाइजिन किट, पाइप तथा अन्य सरसफाइ सामग्रीसमेत वितरण गरिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए।

बाढीबाट पूर्ण रूपमा क्षति भएका खानेपानी आयोजना पुनर्निर्माण र पुन:स्थापना गर्न समय लाग्ने देखिएपछि विभागको तत्काल प्राथमिकता वैकल्पिक मुहान, पम्पिङ प्रणाली र अस्थायी पाइपलाइनमार्फत खानेपानी आपूर्ति कायम राख्नेतर्फ केन्द्रित भएको छ।

0 Comments