१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोट: ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते

अ+ अ-

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित कौशाम्बी जिल्लामा रहेको एउटा पटाका कारखानामा सोमवार भएको भीषण विष्फोटमा ११ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब २०५ किलोमिटर दक्षिणमा अवस्थित मनोरी गाउँमा सो दुर्घटना भएको हो । कौशाम्बीका जिल्ला मजिस्ट्रेट अमित पालकाअनुसार घटनास्थलमा हाल उद्धार कार्य जारी रहेको छ ।

विष्फोटका कारण कारखानाको भवन ध्वस्त भएकाले भग्नावशेषभित्र अझै केही मानिसहरू पुरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यससँगै मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भारतीय सञ्चारमाध्यम एनडीटीभीले अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार, विष्फोटमा परी १८ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । विष्फोट यति शक्तिशाली थियो कि यसले कारखानामा पूर्ण रूपमा क्षति पुर्‍याउनुका साथै नजिकै रहेका अन्य ५ देखि ६ वटा घरहरूमा समेत ठूलो क्षति पुगेको छ ।

यसैगरी, विष्फोटका कारण दिल्ली–हावडा रेल मार्गको आवागमन समेत करिब एक घण्टा अवरुद्ध भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । दुर्घटनाको विस्तृत विवरण र विष्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।

0 Comments