काठमाडौँ । प्रतिनिधि सभा बैठक चलिरहेका बेला सार्वजनिक लेखा समितिका सभापति एवम् नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमै ढलेका छन्।
संसद् भवनमा बैठक जारी रहेकै बेला आफू बसेको कुर्सीबाट एक्कासि ढलेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।
डोटीबाट निर्वाचित सांसद खड्का उच्च रक्तचाप (हाई ब्लड प्रेसर) का कारण चक्कर आएर ढलेको बताइएको छ। सांसद खड्का ढले लगत्तै सभामुखले बोल्दै गरेका सांसद सोम शर्मालाई रोकेर सदनको कारबाही केहीबेरका लागि स्थगित गरेका थिए।






