१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणमा जोड दिन एमाले सांसद कँडेलको माग

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद प्राध्यापक डा. पुष्पराज कँडेलले १० भदौको भीषण बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले बाढीबाट धादिङ सदरमुकाम, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको यातायात सम्पर्क प्रभावित हुँदा राहत वितरणमा समेत समस्या भएको बताए । उनले धादिङको कृष्णभीर र परेवाभीरमा गएको पहिरोको कारण सम्पर्क विच्छेद भएको पृथ्वी राजमार्ग खुलाउन तथा वैकल्पिक मार्ग निर्माण गर्न समेत सरकारसँग माग गरे । सांसद कँडेलले बाढीका कारण मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब १० प्रतिशतसम्म ह्रास हुनसक्ने समेत बताए । सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न समेत उक्त, बाढी चुनौतीपूर्ण भएको बताए । बुढीगण्डकी आयोजना आफैँ अघि नबढ्ने र त्यसका कारण अन्य विकासका काम समेत प्रभावित भइरहेकाले आयोजनाको डीपीआर तथा डिजाइन पुनरावलोकन गर्नुपर्नेमा समेत उनको जोड छ । 

उनले भने, ‘हामीले भोगेको यो दुर्घटना कुल गार्हस्थ उत्पादनको १० प्रतिशत जति नोक्सान हुने स्थिति छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेको थियो । त्यो प्राप्त हुने सम्भावना अत्यन्त न्यून हुँदै गएको स्थिति छ । १० र १३ भदौमा आएको बाढीले धादिङ जिल्लाको तल्लो बेनीघाट, रोराङ बुढीगण्डकी जोडिसकेपछि बुढी गण्डकीमा आएको बाढी र यताको बाढी दुइटा जोडिएको कारणले गर्दा क्रमशः त्यहाँ कृष्णभीर लड्यो । धेरै पुलहरू बगाए र अन्य घरहरू पनि थुप्रै नोक्सानमा पुर्‍याएको स्थिति छ । त्यसभन्दा यता परेवाभीर भन्ने फुर्के खोला नजिकै त्यहाँ पनि काटिएको स्थिति छ । अहिले दुई ठाउँमा पुरै सडक त्रिशूलीले कटाएर लिएर गएको स्थिति छ । धादिङको सदरमुकाम अहिले कटौतीमा परेको छ । पुल बगाइसकेपछि नुवाकोटको आधा भाग काटिएको छ र त्यस्तै गरी रसुवाका पनि थुप्रै भागहरू काटिएका छन् । यो स्थितिमा हामीले पूर्वाधारलाई ध्यान दिएर हेर्नुपर्ने स्थिति छ ।’

उनले विपद्पछि खोज, उद्धार र राहत वितरण प्रभावकारी बनाउन समेत सरकारको ध्यानाकर्षण गराए ।  

0 Comments