१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाबाट फर्किए

अ+ अ-

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज  तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् ।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको  जिम्मा लगाएको हो । “चिनियाँ प्रतिनिधिले विभिन्न जिल्लाका ११४ नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा हामीलाई जिम्मा लगाउनुभएको छ”, उनले भने, “चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित प्रभावितलाई नेपाल पठाएको हो ।” 

प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले तातोपानी नाका हुँदै नेपाल पठाएको हो । उनका अनुसार रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली आज तातोपानी नाका हुँदै नेपाल आइपुगेका हुन् । अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि उक्त नाका खुला रहेको छ ।

नेपाल फर्किनेमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका रहेको जनाइएको छ । अस्थायी पास लिएर केरुङ पुगेका नेपालीलाई फर्काइएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । रसुवागढी नाकाबाट केरुङसम्म सामान लिन, लोड–अनलोडको काम गर्न तथा होटेल तथा रेस्टुराँमा काम गर्न जाने नेपालीले भिसा लिनुपर्ने व्यवस्था छ ।

रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीका कारण कटानमा परेपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपाली अलपत्र परेका थिए । महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार उनीहरूलाई तातोपानी नाकासम्म पुर्‍याउन चीनले सहजीकरण गरेको छ । अस्थायी अनुमति लिएर काम वा किनमेलका लागि जाने नेपाली तिब्बततर्फ ३० किलोमिटर भित्रसम्म मात्रै जान पाउँछन् । आफूसँग राहदानी र भिसा नभएका बाढीपछि तिब्बतमा अलपत्र परेका नागरिकलाई नेपाल फर्किन चीन सरकारले सहयोग गरेको महावाणिज्यदूत निरौलाले बताए । 

नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा करिब एक हजार ६०० नेपाली रहेको अनुमान छ । तीमध्ये नेपाल फर्किनका लागि ८०० जनाले नाम टिपाएका छन् । “धेरैजसो सामान लिन आएका, किनमेलका लागि आएका र लोड–अनलोडको काममा आएकाहरू छन्”, महावाणिज्यदूत निरौलाले भने

रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उक्त क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित भएका छन् । केही नागरिक अझै सम्पर्कविहीन छन् भने चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ । बाढीपछि सम्पर्कविहीन रहेका सिन्धुपाल्चोकका २३९ जनाको अवस्था अझै अज्ञात छ । उनीहरूको खोजीमा आफन्त तथा सम्बन्धित निकाय लागिपरेका छन् । 

0 Comments