१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

अ+ अ-

म्याग्दी । बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ । 

दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्‍याएको थियो । पुल भासिने जोखिम बढेपछि बढी तौल भएका सामान बोकेका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सरकारी प्रक्रियाबाट ढिलाइ हुने भएकाले जलविद्युत् आयोजनाको रु ५० लाख लगानीमा पुल संरक्षणको काम सुरु भएको जानकारी दिए। 

“पुलको जोखिमका कारण निर्माण कार्य प्रभावित बनेपछि म्याग्दी नदी बेसिनका जलविद्युत् आयोजनाले साझेदारी गरेर संरक्षणको काम गर्ने सहमति जनाएका छन्”, उनले भने, “पुल संरक्षणको अवधिसम्म ठूला गाडी सञ्चालनको आवश्यक व्यवस्था मिलाउन स्थलगत अध्ययन गरिएको छ ।”

पुलको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएकाले यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ । पुलमा समस्या आए मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ ।

कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ तथा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला, १४ मेगावाट क्षमताको मुदीखोला र छ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले साझेदारीमा पुल मर्मत गर्न सहमति जनाएका छन् । 

दुखुखोला पुल र फापरखेतको पहिरोका कारण जलविद्युत् आयोजनामा निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको छ । संघीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले २० मिटर लामो र छ मिटर फराकिलो पुल निर्माण गरेको हो । रु दुई करोड छ लाखमा २०७६ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको पुल केही दिन पहिलेको बाढीका कारण समस्यामा परेको हो । 

मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिलर तथा पहुँचमार्गको अस्थायी संरक्षण गरेको थियो ।

0 Comments