२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन मकवानपुर प्रशासनको आग्रह

अ+ अ-

बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन सरोकार भएका सबैमा आग्रह गरेको छ । 

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्ण भीर खण्ड बाढी पहिरोका कारण अवरुद्ध भएपछि त्रिभुवन राजपथ र कान्ति राजमार्गबाट यातायात सञ्चालन भइरहेका अवस्थामा प्रशासनले ती राजमार्ग तथा वैकल्पिक मार्गअन्तर्गतका सडक छेउछाउ तथा बजारमा खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन आग्रह गरेको हो ।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जारी गरेको सूचनामा राजमार्ग आसपासका होटेल, रेस्टुरेन्ट, पसल तथा केही व्यवसायीबाट नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारको बेवास्ता गर्दै यात्रुहरूसँग फरक परिस्थितिको फाइदा उठाउन चर्को मूल्य असुली गर्ने, मूल्य सूची नराख्ने, मापदण्डविपरीत तथा अखाद्य र अस्वस्थ खानेकुरा बिक्री वितरण गर्नेलगायत गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

प्रशासनले सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने र कान्ति राजमार्ग हुँदै फर्किने, साना यात्रुवाहक सवारीसाधन भीमफेदी–कुलेखानीको बाटो काठमाडौँ आवतजावत गर्ने व्यवस्था मिलाएको छ ।

व्यवसायी/विक्रेतालाई त्यस्तो नगर्न तथा त्यस्तो गतिविधि गरेको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने गरिने उल्लेख गर्दै प्रशासकीय अधिकृत सुवेदीले यात्रु तथा उपभोक्ताले पनि विल रसिद लिएर मात्र भुक्तानी गर्ने, मूल्य सूची जाँच गर्ने र अनियमितता/कैफियत देखिएमा तत्काल नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि सबैमा अनुरोध गरे ।  

0 Comments